मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मुस्ताङमा अज्ञात रोगले मर्दै भेडाच्याङग्रा

मुस्ताङमा अज्ञात रोगले मर्दै भेडाच्याङग्रा


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७७, मंगलबार

मुस्ताङ, २ मंसिर– हिमाली जिल्ला मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका आसपासका लेकमा पशु चौपाया अज्ञात रोगले धमाधम मर्न थालेका छन् ।
हिउँदमा ३ महिनाका लागि गाउँ नजिकैको खर्कमा छाडिएका चौपायामा अज्ञात रोग देखा परेको हो । अज्ञात रोगले स्थानीय किसानका भेडाच्याङ्ग्रा केही हप्ता यता मर्न थालेपछि सीमावर्ती क्षेत्रका पशुपालक किसान समस्यामा परेको स्थानीय बताउँछन् ।
लोमान्थाङ गाउँपालिका वडा नं. २ छोसेरका कर्मावांगेल गुरुङले दुई हप्तामा करिब १ सयभन्दा बढी मरेको र १ हजार बढी भेडाच्याङ्ग्रा बिरामी परेको जानकारी दिए ।
लोमान्थाङका किसानले श्यार, डलोबोटा र काप्लुङ लगायत लेकको चरन क्षेत्रमा छाडेका चौपायामा अज्ञात रोग देखा परेको हो । भेडा च्याङ्ग्रामा आँखा पाक्ने, पखाला लाग्ने, आहार नखाने, मुखमा घाउ आउने र नाकबाट सिंगान र रगत बग्नेजस्ता समस्या देखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->