बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तिलहारको बनमा आगलागी, २४ घण्टा बित्यो, नियन्त्रणमा आएन

तिलहारको बनमा आगलागी, २४ घण्टा बित्यो, नियन्त्रणमा आएन


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७७, मंगलबार

पर्वत, २ मंसिर– पर्वतको मोदी गाउँपालिका–६ तिलहारको ढाडको पाखा बनमा आगलागी भएको छ । सोमबार साँझबाट लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा नआएको स्थानीयले बताएका छन् । साँझको समय बस्ति नजिकैको बनमा एक्कासी आगलागी भएको थियो । ठुलो बनक्षेत्रमा अहिलेसम्म ३० प्रतिशत भन्दा बढि बन जलेर नष्ट भएको स्थानीय सन्दिप गौतमले जानकारी दिए । उनका अनुसार सोमवार साँझदेखि सल्किएको आगो फैलँदै गएको छ ।
डिमुवा बजार भन्दा माथि लागेको उक्त आगालागीका कारण बजार जोखिममा परेको छ । आगो नियन्त्रणका लागि कुनै पहल नभएको गौतमले बताए । भिरमा आगो लागेका कारण नियन्त्रणका लागि जान समेत समस्या रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->