मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

रातीमा मोटरसाइकलमा आगो लगाउने युवक पक्राउ

रातीमा मोटरसाइकलमा आगो लगाउने युवक पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७७, बुधबार

पर्वत, ३ मंसिर– जिल्ला प्रहरी कार्यालय कास्कीले रातीको समयमा मोटरसाइकलमा आगो लगाएर भागेका एक युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटाका १९ वर्षीय दिवस रानाभाट रहेका छन् ।
रानाभाटले गत कात्तिक २६ गते राती पौने १२ बजेको समयमा बिरौटाको शिशुनिकेतन मार्गमा पार्किङमा रहेका ग१२प ८६९८ नं।को बुलेट र ग ७ प ९७८८ नं. को होण्डा साइन मोटरसाईकलमा आगो लगाएर भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मङ्सिर दुई गते बिरौटाबाट पक्राउ गरेको हो । रानाभाटमाथि उपद्रव कसुर अन्तर्गत अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->