बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन

मुस्ताङमा ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन

गतवर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसवर्ष ५ सय ५० मेट्रिक टन स्याउ बढी फल्यो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७७, बिहिबार
फाईल तस्विर

जोमसोम, ४ मंसिर – हिमाली जिल्ला मुस्ताङमा यसवर्ष ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएको छ । मुस्ताङका किसानले यसवर्ष उत्पादन गरेको स्याउले ७१ करोड रकम आम्दानी गरेको छ। जिल्लामा उत्पादन भएको ९० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जनाएको छ। गतवर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसवर्ष ५ सय ५० मेट्रिक टन स्याउ बढी फलेको परियोजना कार्यान्वयन ईकाई मुस्ताङका प्रमुख डा. सुधिर थापाले जानकारी दिए ।
उनका अनुसार परियोजनाले मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा अवस्थित विभिन्न व्यक्ति तथा फार्महरुको स्याउ बगैचा सर्भेक्षण गरिएको जनाएको छ। मुस्ताङको तल्लोक्षेत्र थासाङको कोवाङ र टुकुचेमा विगतभन्दा केही कम मात्रामा स्याउ फलेको भए पनि जिल्लाको घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा भने विगतभन्दा राम्रो र गुणस्तरीय स्याउ उत्पादन भएको परियोजना ईकाई प्रमुख डा. थापाले वताए । मुस्ताङको थासाङमा मौसमी आद्रताका कारण  स्याउमा प्रकोप देखिए पनि केही किसानले स्याउ बगैचा व्यवस्थापनमा ध्यान दिएकाले उत्पादन तथा गुणस्तरमा फरक नपरेको ईकाई प्रमुख थापाले वताए ।मुस्ताङमा स्याउ खेती गरिएको कुल क्षेत्रफल १४ सय हेक्टर भए पनि जम्मा ५ सय हेक्टर जमिनमा लगाइएको बोटले उत्पादन दिन्छ। मुस्ताङको अनुकुल हावापानी, स्याउ खेती विस्तार तथा प्रर्वद्धन, प्रविधिको विकास, स्याउमा लाग्ने प्रकोप नियन्त्रण र बगैचा व्यवस्थापनमा प्रगती भएकाले स्याउ उत्पादनमा वृद्धि भएको हो । किसानको स्याउ बगैचामै प्रतिकेजी एकसय रुपैयाँ बढीमा ठेक्का मार्फत बिक्री भएको छ। स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङको टुकुचे, कोवाङ, मार्फा, जोमसोम, कागबेनी छुसाङ र मुक्तिनाथ लगायतका स्थानमा व्यवसायिक रुपमा स्याउ खेती गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->