मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

योजना आयोगसँग ढोरपाटनवासीले सोधे, उत्तरगंगा जलाशय अब के हुन्छ ?

योजना आयोगसँग ढोरपाटनवासीले सोधे, उत्तरगंगा जलाशय अब के हुन्छ ?


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७७, बिहिबार
फाईल तस्विर

बागलुङ, ४ मंसिर– बागलुङको ढोरपाटनमा निर्माण गर्ने भनिएको उत्तरगंगा जलाशययुक्त आयोजनाको विषयमा प्रभावित क्षेत्रका स्थानीयले राष्ट्रिय योजना आयोगसँग चासो व्यक्त गरेका छन् ।
बिहिबार ढोरपाटन शिकार आरक्ष क्षेत्रको अनुगमन तथा निरीक्षण भ्रमणका लागि पुगेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल सहितको टोलीसँग उत्तरगंगा जलाशययुक्त आयोजना प्रभावित क्षेत्रका स्थानीयले चासो व्यक्त गरेका हुन् ।
ढोरपाटन शिकार आरक्ष क्षेत्रमा भएको छोटो अन्तक्रियाका क्रममा स्थानीयले चासो राखेपछि उपाध्यक्ष कँडेलले आयोजना निर्माणको विषय राष्ट्रिय स्तरको भएको बताए । उनले मन्त्रि तथा प्रधानमन्त्री स्तरमा छलफलकै विषय भएकाले सबैलाई मान्य हुने हिसाबले आयोजना निर्माण हुने आश्वासन दिए ।
आयोजना निर्माण कस्ले र कसरी गर्ने भन्ने विषय टुंगो नलागिसकेको भन्दै कँडेलले अहिलेनै आत्तिनुपर्ने बेला नआएको बताए । उपाध्यक्ष कँडेलले ढोरपाटन क्षेत्रको बिकास र पर्यटनका सम्बन्धमा चासो राखेका थिए ।
बुर्तिबाङ ढोरपाटन सडकको स्तरोन्नतीको विषयमा समेत स्थानीयले चासो व्यक्त गरे । अन्तरक्रियामा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहित, ढोरपाटनका राजनीतिक व्यक्तिहरु, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता थियो ।
कँडेलले बाढीपहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरेका छन् । ढोरपाटन शिकार आरक्षको विषयमा आरक्ष कार्यालयका प्रमुख विरेन्द्र कँडेलले जानकारी गराएका थिए । बुधबार मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको अनुगमन तथा निरीक्षण तथा अन्य साना योजनाको समेत अनुगमन भ्रमणमा उपाध्यक्ष कँडेलसहितको टोली बागलुङ आएको थियो । बिहिबार बुर्तिबाङ फर्किएको टोली शुक्रबार बागलुङ बजार आउने उपाध्यक्षका प्रेस सल्लाहकार रामेश्वर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->