बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुस्मा नगरपालिकाका विद्यालय आईतवारबाट खुल्ने

कुस्मा नगरपालिकाका विद्यालय आईतवारबाट खुल्ने


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७७, शनिबार

पर्वत, ६ मंसिर– पर्वतको कुस्मा नगरपालिकाले पालिकाअन्तर्गत विद्यालयहरूलाई मंसिर ७ गते आईतबारबाट सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भनेपछि बिहीबार बसेको सर्वपक्षीय बैठकबाट विद्यालय सुचारु गराउन पाउने निर्णय गरिएको नगर शिक्षा प्रमुख विष्णुप्रसाद तिवारीले बताए ।
‘नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, विभिन्न विद्यालयका प्रधानाध्यापकलगायत संयुक्त बैठकबाट ७ गतेबाट विद्यालय खोलेर विचार गर्ने निर्णय भएको छ,’ उनले भने, ‘विद्यालय खोल्न व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरूको संयुक्त छलफलबाट स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउँदै जोररबिजोर वा अन्य तरिका अपनाउन सक्ने निर्णय गरेका छौँ ।’
पछिल्लो समयमा कुस्मा नगरपालिकामा संक्रमितहरुको सङ्ख्यामा कमी आउँदै गएको र लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको शैक्षिक अवस्था खस्किएकाले विद्यालय खोलेर केही समय विचार गर्नुपर्ने सुझाव बैठकमा आएको पनि तिवारीको भनाइ छ ।
विद्यालयलाई अनिवार्य रूपमा खुलाउनुपर्ने भनी निर्णय भने नभएको तर सम्बन्धित पक्षको सहभागितामा आवश्यक तयारी पूरा गरेर खोल्ने अनुमति दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->