सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

तकारीको आम्दानीले फुरुङ छन् महिला

तकारीको आम्दानीले फुरुङ छन् महिला


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७७, सोमबार

बागलुङ, ८ मंसिर– आफ्नो व्यक्तिगत खर्चसमेत मागेर काम चलाउनुपर्ने बाध्यताबाट यहाँका महिला मुक्त भएका छन् । भाडामा लिएको खेतबारीमा लगाएको तरकारी राम्रो आम्दानी दिन थालेपछि बागलुङको गल्कोट नगरपालिका वडा नं. १ दुदीलाभाटी थलिङका महिलाको जीवनस्तरमा परिवर्तन आएको हो । उनीहरु समुहमा तरकारी खेती गर्छन् ।
त्यहाँबाट हुने आम्दानीले आफ्नो व्यक्तिगत र परिवारको खर्च चलाउँदै आएका छन् । यहाँका महिलाहरुले ‘प्रगति एकीकृत कृषि तथा पशुपालन समुह’ दर्ता गरेका छन् । सोही समुहको विधि र कानुनमा रहेर उनीहरु सामूहिक तरकारी खेतीमा जुटेका हुन् । स्थानीय रुपमै तरकारी उत्पादन गरि आत्मनिर्भर बन्ने उद्देश्यले १५ जना महिलाहरु संगठित भएका छन् । आफ्नो जग्गा नभएका महिलासमेत समुहमा आबद्ध छन् । सबैको लागि मान्य हुनेगरी उनीहरुले झमबहादुर खत्री, युवराज सुवेदी र बलबहादुर खत्रीको जग्गा भाडामा लिएर तरकारी उत्पादनको क्षेत्रमा अगाडि बढेको समुहका अध्यक्ष हरिमाया सुवेदीले बताइन् ।
मासिक ३ हजार रुपैयाँ भाडा तिर्ने सम्झौता ती जग्गामा लसुन, केराउ, रातो मुला, धनिया, काउली, बन्दा, सिमी, गाजर, आलुलगाएतका तरकारी खेती लगाएका छन् । उनीहरुले उत्पादन गरेको तकारी स्थानीय बजारमा बिक्री हुँदै आएको छ । ‘अहिलेलाई बजारको समस्या छैन्’ समुहकी अध्यक्ष सुवेदीले भनिन्– ‘धेरै उत्पादन हुँदैछ बजारको समस्या भए बजारीकरणका लागि केहि समस्या आउँछन्, स्थानीय सरकारले सहयोग गर्नुपर्छ ।’
हाल गल्कोटको मुख्य बजार हटिया र दुदिलाभाटीमा मात्र तरकारी खपत हुने गरेकाले सदरमुकाम लगायतका क्षेत्रमा पनि तरकारी पु¥याउनका लागि स्थानीय सरकारले भूमिका निर्वाह गर्न सकेमा महिलाहरु अझ बढी उत्साहित हुने समुहका सचिव पुष्पा सुवेदीले बताईन् ।
पहिलो सिजनमा उत्पादन भएको रातो मुला स्थानीय बजारमै ५० रुपैयाँ लिकोका दरमा र सिमी ८० रुपैयाँ किलोका दरमा बिक्री गरेका महिलाहरुले वडाबाट बिउ खरिदका लागि ५ हजार रुपौयाँ अनुदान पाएका थिए । ‘अनुदानका लागि होईन आत्मनिर्भर बन्न खोजेका छौं, बजारको व्यवस्थाका लागि सरकारले सहयोग गरोस्’ सचिव सुवेदीले भनिन् ‘तरकारी खेतीका लागि समुहबाट सुरुवातमा करिव ७० हजार खर्च भएको छ ।’
मासिक रुपमा प्रतिव्यक्ति १ सय रुपैयाँ संकलन गरि समुह संचालन गरेका महिलाहरुले तरकारीमा गोडमेल र पानी लगाउनका लागि पनि पालो बाढेर काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->