बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुस्ताङमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार

मुस्ताङमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार


  • ढोरपाटन संबाददाता
  • मंसिर ९ २०७७, मंगलबार

बागलुङ, ९ मंसिर -ग्लोबल आइएमई बैंकले हिमालपारीको जिल्ला मुस्ताङ्गमा शाखा विस्तार गरेको छ । बैंकको २६४औ शाखाको रुपमा आतबारदेखि मुस्ताङको जोमसोममा कारोबार सुरु गरेको हो । योसँगै बैंकले ७३ जिल्लामा संजाल विस्तार गरेको छ ।
बैंकमा कार्यरत कर्मचारीले सुरक्षा सतर्कताका साथ सामान्य पाठपुजा गरी सेवाको सुभारम्भ गरेको शाखा प्रबन्धक भोला पौडेलले जानकारी दिए ।
हरेक क्षेत्र, वर्ग, समुदायमा बैंकिङ्ग पहुँच पु¥याउने उद्देश्यले शाखा विस्तार गरेको उनले बताए । पर्यटकीय क्षेत्र मुस्ताङको आर्थिक विकासका गतिविधिलाई व्यवस्थित गर्न बैंक सहयोगी बन्नेछ ।
बैकले हालसम्म ४७ वटा राजश्व काउन्टर, २३८ एटिएम र २३१ वटा शाखा रहि बंैकिङ्ग सेवा प्रदान गरेको अपरेशनल इन्चार्ज जीवन शर्माले बताए । नेपाल बाहिर बेलायत, अस्टे«लिया र भारत गरी ३ देशमा सम्पर्क कार्यालयमार्फत सेवा दिँदैको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->