मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

उद्योगी/व्यवसायीहरुलाई चुनावी चटारो

उद्योगी/व्यवसायीहरुलाई चुनावी चटारो

लेखनाथका गिरी र बागलुङका श्रेष्ठबीच गण्डकीमा भिडन्त, संस्थापकबाट पोखराका दामु बलिया


  • ढोरपाटन ब्युरो
  • मंसिर ११ २०७७, बिहिबार

पोखरा, ११ मंसिर– देशैभरका उद्योगी÷व्यवसायीहरुलाई चुनाव लाग्दा त्यसको रन्को गण्डकीमा पनि परेको छ । बिहीबार काठमाडौंमा सुरु हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाअन्तर्गतको निर्वाचन कार्यक्रममा यो क्षेत्रका उद्योगी/व्यवसायीका नेताहरु पनि चुनावी मैदानमा ओर्लिएका छन् । चुनाव मंसिर १३ गते हुँदैछ । साधारणसभाले महासंघका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वतः अध्यक्ष बनाउने छ भने अब आउने वरिष्ठ उपाध्यक्ष आउँदो कार्यकालको अध्यक्ष बन्नेछन् । त्यसलै चु्नावमा सबैको आँखा वरिष्ठ उपाध्यक्षमै अड्किएको छ । वरिष्ठ उपाध्यक्षमा यसपटक बागलुङमा जन्मेका चन्द्रप्रसाद ढकाल मैदानमा छन् । ग्लोबल आइएमइ ग्रुपका अध्यक्ष ढकालसँग मोरङका उद्योगी किशोर प्रधान भिड्दैछन् । यसैगरि पोखराकै प्रतिष्ठित लक्ष्मी ग्रुपका निर्देशक अञ्जन श्रेष्ठ बस्तुगततर्फबाट उपाध्यक्षका उम्मेदवार छन् । उनलाई उमेशलाल श्रेष्ठले टक्कर दिएका छन् । रमाइलो त के छ भने, गण्डकीबाट प्रतिष्पर्धा गर्ने चन्द्र र अञ्जन फरक समूहबाट चुनावी मैदानमा छन् । अञ्जन किशोर प्रधानको समूहमा छन् भने चन्द्र किशोरसँगै प्रतिष्पर्धा गर्दैछन् ।
गण्डकी प्रदेशमा चन्द्र ढकाल बलिया छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले निर्णय नै गरेर चन्द्र ढकाललाई जिताउने अभियान चलाएको छ । अभियानको नेतृत्व महासंघ गण्डकी अध्यक्ष संजिवबहादुर कोइरालाले लिएका छन् । गण्डकीका १५ वटा उद्योग वाणिज्य संघले अहिलेको चुनावमा मत खसाल्ने छन् । निर्णय गरे पनि यहाँबाट मत चोर्ने दाउ प्रधान समूहको रहेको छ । अञ्जनको सवालमा भने बस्तुगत सदस्यले मात्रै मतदान गर्ने भएकाले जिल्ला÷नगर उद्योग वाणिज्य संघको मत आवश्यक पर्दैन । स्पष्ट दुई खेमामा विभाजित व्यवसायीहरुको चुनावमा गण्डकीका विभिन्न उद्योग वाणिज्य संघको तर्फबाट पनि केन्द्रीय सदस्यमा उम्मेदवारी परेको छ । संस्थापक उद्योग वाणिज्य संघको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनको प्रतिष्पर्धीको रुपमा चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तमलाल चुके चुनावी मैदानमा छन् । नेपाल उद्योग वाणिज्य महासंघको विधानले संस्थापकमध्येबाट एकजना केन्द्रीय सदस्य छान्ने व्यवस्था गरेको छ । संस्थापक केन्द्रीय सदस्यहरु १२ वटा रहेका छन् । झापा उद्योग संघका अध्यक्ष टीका ढकालले पनि सोही पदमा उम्मेदवारी हालेका थिए तर अन्तिममा उनले पोखरालाई सघाउने घोषणा गर्दै उम्मेदवारी झिकेपछि २ वटा उद्योग वाणिज्य संघबीच प्रतिष्पर्धा हुने भएको हो । टीका नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ठ सदस्य चण्डिराज ढकालका भाई हुन् । चण्डिराजले अहिले चन्द्र ढकालको चुनावी मोर्चा सम्हालेका छन् ।
१८ जना चाहिने खुल्लातर्फको केन्द्रीय सदस्य पदमा ३८ जनाको उम्मेदवारी परेकोमा गण्डकीबाट गैंडाकोट उद्योग वाणिज्य संघका अमृत भट्टचन, म्याग्दीका कुविरकुमार श्रेष्ठ,तनहुँका देवकुमार श्रेष्ठ र वालिङका शोभाकान्त पौडेलले उम्मेदवारी दिएका छन् ।तीमध्ये तनहुँका देवकुमार श्रेष्ठको नाम चन्द्र ढकालको प्यानलमा राखिएको छैन । चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षमा जिताउने निर्णयमा सबैजसो उद्योग वाणिज्य संघ एकमत भए पनि प्रदेशबाट केन्द्रीय सदस्यमा नेतृत्व गर्ने सवालमा गण्डकीमा एकमत हुन सकेन । सो पदका निम्ति निर्माणकुमार श्रेष्ठ र बाबुराम गिरी चुनावी मैदानमा होमिएका छन् । निर्माणलाई बागलुङ र बाबुरामलाई लेखनाथ उद्योग वाणिज्य संघले उठाएको हो । उनीहरु दुबैको नाम अहिलेसम्म चन्द्र ढकालको प्यानलमै छ तर अन्तिम अवस्थामा यहाँ पनि ध्रुविकरण हुने सम्भावना रहेको स्रोतले बतायो । बस्तुगततर्फको केन्द्रीय सदस्यमा गण्डकीकै सुकुन्तलाल हिराचनले उम्मेदवारी दिएका छन् । उनी निर्माण व्यवसायी महासंघबाट उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->