बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अब ट्राफिक जरिवाना सोझै बैंकमा

अब ट्राफिक जरिवाना सोझै बैंकमा


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७७, शनिबार

पोखरा, १३ मंसिर– अब ट्राफिक नियम उल्लब्घन गर्नेहरुले तिर्ने जरिवान सोझै बैंक खातामा जाने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शुक्रबारबाट सवारी नियम उल्लब्घन गर्ने चालकबाट असुल हुने जरिवाना सोझै बैंकमा पठाउन सुरु गरेको हो । ट्राफिक प्रहरीले यो अभियानको लागि ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक टेकबहादुर कार्कीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजित गरिने कारवाहीबाट उठ्ने राजश्व रकमलाई थप पारदर्शी बनाउन यो निर्णय गरेको हो । ग्लोबल आइएमईसँगको सम्झौतापछि ट्राफिक प्रहरीको नयाँबजारमा रहेको नयाँ भवनमा ग्लोबलको शाखा स्थापना गरिएको छ । जरिवाना सेवाग्राहीले नै बैंकमा जम्मा गर्नेछन् । प्रहरीले तोकेको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता पाइने पनि काकीैले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->