बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पोखराका दामु र लेखनाथका गिरी विजयी

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पोखराका दामु र लेखनाथका गिरी विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७७, शनिबार

पोखरा, १३ मंसिर– पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रय सदस्य पदमा विजयी भएका छन् । उनी संस्थापक सदस्यमध्येबाट केन्द्रीय सदस्य निर्वाचित भएका ह्ुन् । महासंघको ५४ औं साधारणसभाअन्तर्गत शनिबार भएको निर्वाचनको क्रममा उनले आफ्ना प्रतिद्धन्दी चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तमलाल चुकेलाई पराजीत गरेका हुन् । अधिकारीले ७ मत पाए भने चुकेले ५ मत प्राप्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका १२ वटा संस्थापक सदस्य रहेका छन् ।
यता, महासंघको चुनावअन्तर्गत प्रदेशबाट केन्द्रीय सदस्य पदको निर्वाचन लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी चुनिएका छन् । उनले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्माणकुमार श्रेष्ठलाई पराजीत गरेका हुन् । कुल १५ मतदाता रहेको गण्डकीमा बाबुरामले ९ र निर्माणले ६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->