बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एक वर्षमा उल्लेख्य सुधार हुनेमा पहिलो बन्यो पर्वत अस्पताल

एक वर्षमा उल्लेख्य सुधार हुनेमा पहिलो बन्यो पर्वत अस्पताल

सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवा गरी ३ वटा मूल विषयभित्र रहेर कुल सात सय ६१ ओटा सूचकमा गरिएको मूल्याङ्कनमा अस्पतालले उक्त नतिजा पाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।


  • संजय रेग्मी
  • मंसिर १४ २०७७, आइतबार

पर्वत, १४ मंसिर– पर्वत अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धि स्तर ह्वातै बढेको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ ओटै जिल्लाका जिल्ला अस्पतालहरूको व्यवस्थापन सुदृढीकरण मूल्याङ्कन अन्तरगत ‘न्यूनतम सेवा मापदण्ड’ मूल्याङ्कनले अस्पतालले पछिल्लो एक वर्षमा व्यापक सुधार गरेको पुष्टि गरेको हो । ‘न्यूनतम सेवा मापदण्ड’ मूल्याङ्कनमा गत वर्ष ४७ प्रतिशत नतिजा आएकोमा यस वर्ष ७८ प्रतिशत नतिजा आएको छ ।
सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवा गरी ३ वटा मूल विषयभित्र रहेर कुल सात सय ६१ ओटा सूचकमा गरिएको मूल्याङ्कनमा अस्पतालले उक्त नतिजा पाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले बताए । अघिल्लो अवधिमा प्राप्त भएको नम्बरमा एकै अवधिमा ३१ नम्बर बढी ल्याउने पर्वत अस्पताल गण्डकी प्रदेशकै पहिलो भएको उनको भनाई थियो । ‘एक वर्षको अवधिमा यति ठुलो प्रतिशत अन्तरको साथमा नम्बर ल्याउन पर्वत अस्पताल सफल भएको छ ।’ उनले भने, ‘अस्पतालमा सुरु भएका भौतिक निर्माणका काम र यहाँबाट प्रदान भइरहेका सेवा दुवै पक्षमा राम्रो सुधार भएको छ । एक वर्षमै ३१ प्रतिशत बढी नतिजा हासिल गर्न सफल गण्डकी प्रदेशकै पर्वत अस्पताल र यसको टिमलाई बधाई छ ।’ पछिल्लो समय अस्पतालमा थप हुँदै गएका सेवा सुविधालाई निर्बाध रूपमा सञ्चालन गर्न सक्नुपर्ने उनको सुझाव छ ।
अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले व्यवस्थापन समितिको क्रियाशीलता, श्रोत साधन जुटाउन गरेको मिहिनेत, विभिन्न सङ्घ संस्थाको सहयोग तथा अस्पतालका कर्मचारीहरूको अथक प्रयासले मात्रै अस्पतालको सेवा सुविधामा सुधार भएको र उल्लेख्य नतिजा हासिल गरेको बताए । ‘यो सफलता पाउनको लागि सरकारदेखि मातहतका निकाय, अस्पताल विकास समिति, सहयोग तथा चन्दादाता, कार्यरत कर्मचारी लगायत सबैको अमूल्य पसिना परेको छ ।’ उनले भने, ‘यो ऐतिहासिक सफलताले हामीलाई काम गर्न झनै हौसाएको छ । हामी झनै उत्साहका साथ काम गर्नु भनेको आम नागरिकले अस्पतालबाट अझै सुविधा प्राप्त गर्नु हो ।’
स्वास्थ्य निर्देशनालयले पर्वत अस्पतालमा भइरहेका भएका शल्यक्रिया सेवा, डिजिटल एक्स–रे सेवा, ल्याब सेवा, मिर्गौलाको डायलिसिस सेवा, शव चिस्यान केन्द्र, अक्सिजन प्लान्ट, आइसियु र भेन्टिलेटर सञ्चालन, गरिबहरूका लागि विपद् कोष स्थापना, विशेषज्ञ सेवा, अत्याधुनिक अस्पताल भवन निर्माण, आयव्यय हिसाब सफ्टवेयर प्रणालीमा लैजानु, विदेशमा रहेका नेपालीहरुसँगको सहकार्यमा आधुनिक उपकरणहरू ल्याउनु, गत वर्ष स्वीकृत भएका सबै बजेट शीर्षकमा काम पूरा गरेर बजेट फ्रिज हुन नदिनु लगायतलाई उल्लेख्य उपलब्धिको रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->