मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मुस्ताङको कोरलामा सुख्खा बन्दगाह बनाउन अध्ययन सुरु

मुस्ताङको कोरलामा सुख्खा बन्दगाह बनाउन अध्ययन सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७७, मंगलबार

बागलुङ, १६ मंसिर– मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारले अध्ययन थालेको छ । चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणको अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
कोरला पासको भौगोलिक अवस्था र उपयुक्त भूमि पहिचान गरी सुख्खा बन्दरगाहको काम अघि बढाउन परामर्शदातासँग करार सम्झौता गरिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
कोरला नाकामा सुख्खा बन्दरगाह निर्माणबारे अध्ययन गर्न सीतारा इकोकोडसँग समझदारी भएकोले साढे तीन महिनामा रिपोर्ट प्राप्त हुने गजुरेलको भनाई छ । परामर्शदातालाई सुख्खा बन्दरगाहको भौगोलिक अवस्था पहिचान गर्ने, बन्दरगाह निर्माणका लागि प्रारम्भिक खाका र लागत अनुमान गर्ने जिम्मेवारी तोकिएको छ ।
यस्तै कोरला क्षेत्रको व्यापारको आकार, शीपमेन्ट तथा ट्रक ढुवानीको ५, १० र २५ वर्षे पूर्वानुमान अध्ययनबाट प्राप्त हुने समितिले जनाएको छ । बन्दरगाहको वित्तीय तथा आर्थिक खाका र विस्तृत इन्जिनियरिङ अध्ययनका लागि कार्यादेश पनि प्राप्त हुने जनाइएको छ ।
पूर्वाधार बनाएर नेपाल–चीन व्यापार सम्भावनाबारे अवलोकन गर्न गत महिना परराष्ट्र र वाणिज्य मन्त्रीसहितको टोलीले कोरलाको अवलोकन गरेको थियो । नेपालले परम्परागत रुपमा व्यापार गर्दै आएको यो नाका कोरोना संक्रमणपछि बन्द छ । आफ्नो भूमितर्फ चीनले व्यापार पूर्वाधार निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->