बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अधिकारी र गिरीलाई पोउवाको सम्मान

अधिकारी र गिरीलाई पोउवाको सम्मान


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७७, बुधबार

पोखरा, १७ मंसिर– पोखरा उद्योग वाणिज्य संघले आफ्ना अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएकोमा बधाई ज्ञापन गर्दै खुसी प्रकट गरेको छ ।
संघले बुधबार केन्द्रीय सदस्यको रुपमा दुबैलाई सम्मान पनि गरेको छ । पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष दामु अधिकारी संस्थापक सदस्यमध्येबाट र लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी गण्डकी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । निर्वाचित केन्द्रीय सदस्यद्धयलाई बधाई ज्ञापन गर्दै संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले निजी क्षेत्रको एजेण्डालाई केन्द्रसम्म पु¥याउने काममा सक्रियतापूर्वक लाग्न आग्रह गरे । धेरैपछि नेपाल उद्योग वाणिज्य महासंघका गण्डकीबाट धेरैजनाको प्रतिनिधित्व भएकोमा खुसी व्यक्त गर्दै उनले कोभिड–१९ ले अर्थतन्त्रमा पु¥याएको असर न्यूनिकरणको लागि महासंघले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए । नवनिर्वाचित केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले महासंघको केन्द्रीय सदस्यको रुपमा आफूले देशैभरका साना व्यवसायीहरुको समस्या सल्टाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । महासंघले संचालन गर्ने विभिन्न कार्यक्रमहरु जिल्ला÷नगर उद्योग वाणिज्य संघमा ल्याउने जिम्मेवारी पनि आफ्नो रहेको उनले बताए । पोखरा उद्योग वाणिज्य संघले संस्थापक सदस्यको रुपमा महासंघको स्थापनाकालमा गरेको योगदानबाटै आफू विजयी भएको भन्दै उनले यो जीत पोखरा उद्योग वाणिज्य संघकै भएको सुनाए । उनले पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने पनि बताए ।
अर्का नवनिर्वाचित केन्द्रीय सदस्य बाबुराम गिरीले महासंघको केन्द्रीय सदस्यको रुपमा निजी क्षेत्र मैत्री नीति÷नियम निर्माणको लागि राज्यसँग लविङ गर्नु आफ्नो दायित्व भएको बताए । उनले निजी क्षेत्र आफ्नो एजेण्डामा हिँड्नुपर्ने र कुनै दल विशेषको गोटी बन्न नहुनेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले नवनिर्वाचित केन्द्रीय सदस्यद्धयलाई बधाई ज्ञापन गर्दै जिल्लाका समस्या केन्द्रमा पु¥याउने पुलको काम गर्न दुबैसँग आग्रह गरे । संघका उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले महासंघमा यस क्षेत्रबाट भएको प्रतिनिधित्वले सबैको इज्जत बढाएको धारणा राखे । संघका महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघको आसन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सके संकटको बेला निजी क्षेत्र एक भएको सन्देश जाने बताए । उनले सर्वसम्मत नेतृत्व चयनको पहलका लागि वर्तमान अध्यक्षदेखि निवर्तमान र पूर्वअध्यक्षहरुसँग आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->