बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७७, बुधबार

बागलुङ, १७ मंसिर– एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने एनसेल जनाएको छ ।
एनसेल ल्याएका यी नयाँ भ्वाइस प्याक यहि मंसिर १८ (बिहीबार)देखि ग्राहककालागि उपलब्ध हुने छन् । प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समय सिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।
एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रुपैयाँमा एक घण्टा समय सिमा रहेको ६० मिनेट अन नेट टक टाइमको पाउनेछन् । जसमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । त्यसैगरी ग्राहकले तीनदिनको समय सिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहितमात्र रु ४८ मा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको उपयोग गर्न सक्नेछन् । यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->