बागलुङ, १८ मंसिर– गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समृद्धिको लागी आर्थिक अभाब नभएको बताएका छन् । सिवाईसी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बागलुङको ११ औं साधारण सभाको अबसरमा गलकोटमा आयोजित बिस्तारित मञ्चको उद्घाटन गदैं समृद्धीको लागी आर्थिक श्रोतको अभाब नरहेका भन्दै केवल सोचर लगनशिलताको अभाब रहेको वताए ।
ब्याज अनुदान कार्यक्रममा सहकारी संग सहकार्य गरि गलकोट नगरपालिकाले उद्यमी बनाउन तथा रोजगारीको अबसर श्रृजना गर्ने काममा अग्रसर रहेको बताए ।. कार्यक्रममा सिवाईसी सहकारीका केन्द्रिय सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, सहकारीका उपाध्यक्ष गण्डकी थापा अधिकारी , जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका उपाध्यक्ष गणेश बहादुर खत्री, केन्द्रीय संचालक समिति सदस्य हर्क बहादुर पाण्डे, समाजसेवी तिर्थसिंह थापा, सेवा केन्द्र ब्यवथापन समितिका पुर्ब सदस्य मन्ज’ शर्मा चालिसे लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरे ।





