बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलजला गाउँपालिकामा नगर प्रहरी भर्ती

जलजला गाउँपालिकामा नगर प्रहरी भर्ती


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७७, शुक्रबार

पर्वत, १९ मंसिर– पर्वतको जलजला गाउँपालिकाले जिल्लामा नै पहिलोपटक नगर प्रहरी भर्ती गरेको छ । गाउँपालिकाभित्र शान्ति कायम गर्न प्रशासन र प्रहरीबाट असहयोग भएको भन्दै गाउँपालिकाले आफ्नै नगर प्रहरी राखेको गाउँपालिका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले बताए ।
उनका अनुसार, प्रहरी सहायक निरीक्षकमा शाहिल आचार्य, हवल्दारमा राजेश सुबेदी र जवानमा रोशन कार्कीलाई छनोट गरिएको छ । गाउँपालिकाले नगर प्रहरी राख्न सकिने गरी कानुन गाउँ सभाबाट पास गरेको थियो । सोही आधारमा कानुन बमोजिम नै नगर प्रहरीको भर्ना गरिएको हो ।
‘हाम्रो पालिका म्याग्दी र बागलुङसँग जोडिएको छ । हाइवे पनि यसैमा छ । यहाँ शान्ति सुरक्षाको अभाव भएकै कारण प्रहरी राख्नु परेको हो’ गाउँपालिका प्रमुख मल्लले भने, ‘अवैध रूपमा उद्योगहरू खुलेको विषयमा प्रशासनमा जानकारी गराउँदा वास्ता भएन, सुगम ठाउँमा पनि प्रहरीको उपस्थिति छैन ।’
उनले आफ्नो क्षेत्रमा समस्या परेको बेलामा बोलाउँदासमेत नगएको प्रहरीलाई पालिकामा रहेका गिट्टी, बालुवा तथा क्रसर उद्योगहरूमा पुगेर हैरान पार्न खटाउने गरिएको आरोप लगाउँदै पालिकाको हित गर्न आफ्नै प्रहरीको आवश्यकता परेको बताएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पालिकालाई दिएको अधिकारका आधारमा नगर प्रहरी राखिएको हो । आन्तरिक साधन स्रोतको अधिकतम परिचालन गरेर आम्दानी बढाएपछि प्रहरीको संख्या फेरि थप गर्ने पालिकाको योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->