पोखरा, १९ मंसिर – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जिल्लाको हेमजा—अस्ताम—धम्पुस हुदै मर्दिहिमाल जाने पदमार्गको शुक्रवार शिलान्यास गरे । शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको आकर्षण मध्य पदमार्ग एक रहेको चर्चा गर्दै प्रकृति, साहसिक र हिमाल प्रेमीहरूलाई पदमार्ग आकर्षक गन्तव्य गएको बताए । विभिन्न कारणले मासिँदै गएका तथा धम्पुस हुदै मर्दिहिमालतर्फ जान सहज पदमार्ग नभएका कारणले यो पदमार्ग आन्तरिक र बाह्य पदयात्रीको लागि उपयुक्त हुने मन्त्री लम्सालले बताए ।
प्राकृतिक मनोरमले यस पदमार्ग महत्वपूर्ण र आकर्षक रहेको चर्चा गर्दै मन्त्री लम्सालले ऐडभान्चर ट्रेलको लागि यो पदमार्ग उत्कृष्ट र सबैको रोजाईको बन्ने विश्वास समेत व्यक्त गरे ।
मन्त्री लम्सालले पदमार्ग निर्माणमा सिमेन्ट, बालुवा प्रयोग गरी पक्की बनाउनेतर्फ भन्दा ढुंगाले बनेको नेचुरल खालको आकर्षक बनाउनेतर्फ ध्यान दिन निर्माण उपझोक्ता समितिलाई आग्रह गरे । मन्त्री लम्सालले उक्त पदमार्ग निर्माणको लागि प्रदेश सरकारले यथेष्ट बजेटको व्यवस्था मिलाउने विश्वास समेत दिलाए । प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्न नयाँ गन्तव्यको पहिचान गरी पदमार्ग निर्माणको काम धमाधम अगाडी बढाईरहेको उनको भनाई थियो ।
उक्त पदमार्ग निर्माणको लागि यस आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारले १० लाख रकम विनियोजन गरेको छ । यस पदमार्गबाट अग्ला-अग्ला हिमश्रृंखला, नदी, ताल, डाँडाकाडाँको मनोरम दृश्य नियाल्न सकिन्छ । उक्त पदमार्ग निर्माणसँगै मर्दी हिमाल लगायतका क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने स्थानियवासीको आशा छ ।
गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बरालले हेमजा-अस्ताम-धम्पुस-मर्दिहिमाल पदमार्ग अत्यन्तै महत्वपूर्ण पदमार्ग रहेकाले यसको निर्माण कार्य सम्पन्न गर्न आफ्नोतर्फबाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश निति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बरालले उक्त पदमार्गलार्ई देशकै नमुना पदमार्गको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए ।
शिलान्यास कार्यक्रममा माछापुच्छ«े गाउँपालिकाका उपाध्यक्ष कृष्ण कुमारी दवाडी, पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सीना, अधिवक्ता रामचन्द्र त्रीपाठी, टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारी लगाएतले विगतदेखी चर्चामा आएता पनि काम हुन नसकेको उक्त पदमार्गको निर्माण कार्यको थालनी गर्दा उत्साह थपिएको बताए ।





