स्याङ्जा, २० मंसिर– उद्योगी व्यवसायीहरुले नीजि क्षेत्र र सरकार मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । वालिङ उद्योग वाणिज्य संघद्वारा हालै सम्पन्न उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित शोभाकान्त पौडेलको बधाई एवं शुभकामना कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
वालिङ उद्योग वाणिज्य संघको अध्यक्ष रहेका पौडेल हालै सम्पन्न महासंघको केन्द्रिय सदस्यामा निर्वाचित भएपछि पौडेललाई बधाई तथा शुभकामना दिन संघले कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका विद्यायन समितिका सभापति मोहन रेग्मीले उद्योगी व्यापारीहरु मिलेर अगाडी बढ्दा राम्रो हुने बताउँदै केन्द्रिय सदस्यमा निर्वाचित पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य पौडेलले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवदा दिदै आफुले उद्योगी व्यापारिको हितमा काम गर्ने बताए । पौडेलले भने, ‘उद्योगी व्यावसायीहरुको प्रर्वद्धनमा लाग्छौ, देशैभर रहेका उद्योग वाणिज्य संघका सचिवालको व्यवस्थापनमा हामीले जोड दिन्छौ ।’
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले नीजि क्षेत्र र वालिङ नगरपालिका हातेमालो गर्दै यहाँका उद्योगी व्यवसायीहरुको समस्या समाधानमा लाग्ने बताइन् ।





