पोखरा, २१ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्योग हरुलाई व्यवस्थित तवरले सञ्चालन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । उनले बिना दर्ता अव्यस्थित तवरले उद्योग संचालनमा कडाई गरिने उद्घोष पनि गरे । मन्त्री लम्साल शनिबार फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको १७ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै थिए । ‘अब हामी जथाभावी रुपमा उद्योग सञ्चालन गर्न दिदैनौँ, कानूनको दायरा भित्र ल्यायर सहज व्यवसाय गर्ने वातावरण मिलाउँछौँ, मन्त्री लम्सालले भने, ‘तपाई निर्धक्कका साथ उद्योगमा लगानी बढाउनुहोस्, सरकार सधैँ तपाईको साथमा छ ।’
उद्योगहरु लाई व्यवस्थीत ढंगबाट सञ्चालन गर्न प्रदेश सरकारले एक स्थानीय तहमा, एक औद्योगिक ग्राम’ स्थापनाको योजना अगाडी बढाएको उनले दोहो¥याए । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष प्रेमराज बसौलाले फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिन नसकेको गुनासो गरे । सरकारले व्यवसायी मैत्री वातावरण बनाउनतर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।





