बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रिय गौरवका योजनाको नाममा क्रसरको धन्दा

राष्ट्रिय गौरवका योजनाको नाममा क्रसरको धन्दा

योजनाको लागि भन्दै खुलेका क्रसर बाहिरी बजारमा बेच्दै छन् नदिजन्य पदार्थ


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७७, सोमबार
फाईल तस्विर

पोखरा, २२ मंसिर– प्रशासनको अनुगमनको क्रममा पोखरा– १४ चाउथेस्थित भौंसीतरा कन्ट्रयाक प्रालिको नामबाट संचालित क्रसर उद्योग त्यसै मापदण्ड विपरीत भेटियो । राष्ट्रिय गौरवको योजना निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रिय विमानस्थलको लागि मात्र सामान निकाल्न स्थानीय प्रशासनले सो कम्पनीलाई स्वीकृति दिएको थियो । सेती किनारामा रहेको सो क्रसर उद्योगले स्वीकृतिपछि भने क्रसर उद्योग स्थापनाको स्थापित मापदण्ड मात्रै मिचेन, विमानस्थलभन्दा बाहिर गिट्टी–बालुवा बेच्न थाल्यो । कम्पनीले टिपरबाट बालुवा÷गिट्टी मात्रै बेचेको छैन, डिपो नै राखेर सामान सप्लाई गरिरहेको छ ।
पोखरा १४ चाउथे कास्की मोडनाइज स्कुल नजिकै रहेको रोयल्स विल्डर्स प्रालि डिपोमा उक्त क्रसरबाट उत्पादन भएको सामान विक्री हुदै आएको देखिन्छ । क्रसरबाट दैनिक जसो ५ वटा टिपरले बिहान उक्त डिपोमा सामान ल्याएर छाडिने स्थानीयको दावी छ । ‘एक घनमिटरको ३ हजार रुपैँया लिने गर्दछ । त्यसमा पनि साधन आफैले खोज्नपर्छ’, स्थानीयले भने । यस अघिसमेत पटक–पटक मापदण्ड विपरीत संचालन भएको भन्दै सो क्रसर बन्द गरिएको थियो । तर, राष्ट्रिय गौरवको योजनाका लागि मात्र सामान निकासी भन्दै क्रसर पुनः संचालनमा ल्याइयो ।
राष्ट्रिय गौरव योजनाअन्तर्गतको आयोजना हो, पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको काम धमाधम भइरहेको छ । भित्र काम भइरहँदा विमानस्थलकै लागि भनेर संचालित क्रसर उद्योगहरुले चाहिँ बाहिर नै नदीजन्य पदार्थ बेचिरहेका छन् । र, यो धन्दामा एउटा मात्रै नभएर अनेकौं कम्पनीहरु जोडिएका छन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ समीबगरस्थित हेमजुङ्ग कन्ट्रक्सनको नाममा एक क्रसर उद्योग संचालनमा रहेको छ । क्रसर राष्ट्रिय पुनर्निर्माण योजनाको अन्तर्गतको सडक निर्माणको लागि संचालनमा ल्याइएको हो । उक्त क्रसर सडक निर्माणको लागि संचालन गरेपनि अन्य प्रयोजनको लागिसमेत सामान निकासी हुँदै आएको छ । क्रसरलाई माछापुच्छे« गाउँपालिकाले अस्थायी संचालन गर्न अनुमति दिएको थियो । राष्ट्रिय पुनर्निर्माणको निमार्णको लागि दिए पनि कम्पनीले पटक–पटक बाहिर लगेर बेचेको भेटिएको थियो । सामान बाहिर ल्याउँदै गर्दा सिम्पानी नजिकै रहेको जौबारीमा प्रहरीले कागजपत्र नहुँदा टिपर पक्राउसमेत गरेको थियो । तर, गाउँपालिकाका अध्यक्षले नै जरिवाना लिएको तोक लगाएर पठाएपछि छाडिएको थियो । कास्कीका अधिकांश क्रसर मापदण्ड विपरीत रहेको जिल्ला समन्वय समितीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए । उनका अनुसार क्रसरले स्वीकृति एउटचा कामको लागि लिए पनि त्यहाँबाट उत्पादित नदीजन्य पदार्थ अन्यत्र बेच्ने धन्दा चलाउँदै आएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->