बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पैयुँमा बाँदर नियन्त्रण गर्न १४ लाख बजेट

पैयुँमा बाँदर नियन्त्रण गर्न १४ लाख बजेट


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७७, बिहिबार

पर्वत, २५ मंसिर– बाँदरले खेतीपाती नै नष्ट गरेर कृषकहरूलाई हैरानी पारेपछि पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण कार्यक्रमको लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बाँदरले बालीनाली सखाप पारिदिँदा कृषकहरूको मेहनत खेर जानुका साथै जग्गा नै बाँझो छोड्नुपर्ने बाध्यता भएपछि बाँदर नियन्त्रणको योजना पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले बताए । उनका अनुसार कृषकहरूको गुनासो निकै बढेपछि मंसिर १९ र २० गते बसेको बैठकबाट बाँदर नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।
‘बाँदरले बालीनाली सखाप पारेको भनेर कृषकहरूबाट व्यापक गुनासो आयो । बाँदरले केही नराखेपछि कृषकहरूले जग्गानै बाँझो छोड्नुपर्ने अवस्था आएको भनेर निकै पिर गर्नुभयो ।’ उनले भने, ‘पर्वतकै महाशिला गाउँपालिकाले पनि यसअघि बाँदर नियन्त्रण कार्यक्रम चलाएको थियो । त्यो राम्रो नै भयो । अन्य जिल्लामा पनि भइरहेका छन् । हामीले पनि कृषकहरूको समस्यालाई केन्द्रमा राखेर यो निर्णय गरेका हौँ ।’
महाशिला गाउँपालिकाले बाँदरलाई जाल र खोरमा पारेर राष्ट्रिय निकुञ्जहरूमा लगेर छाड्ने गरेको भएपनि पैयुँ गाउँपालिकाले भने बाँदर नछोपी खेती गर्ने जग्गाको नजिक रहेका रुखहरू सफा गर्ने भएको छ । अधिकृत पौडेलका अनुसार खेतीपाती गर्ने ठाउँमा रुखहरू हुर्काउँदा बाँदरलाई बस्नको लागि सहज हुने र लखेटे पनि त्यहीँ लुक्ने भएकाले उब्जाउ जमिन आसपासमा रहेका रुख तथा फोहोरहरू हटाउने निर्णय भएको हो । यसका लागि गाउँपालिकाले विनियोजन गरेको बजेटबाट रुखहरू हटाउनको लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था वडा वडामा गर्ने भनिएको छ ।
पैयुँमा उब्जाउ जमिन भएतापनि बाँदरकै समस्याका कारण कृषकहरूले व्यावसायिक रूपमा खेतीपाती गर्न चुनौती भोगिरहेका छन् । बथानमा आएका बाँदरले केहीबेरमा लगाइएका खाद्यबाली सखाप पार्दै आएका कारण लगानी खेर जाने भएकोले कृषिमा लाग्न जोखिमभ एको त्यहाँका कृषकहरूको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->