सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ग्रामिण पर्यटनका पीता रुद्रमानको स्मृतिमा उद्यान बनाईंदै

ग्रामिण पर्यटनका पीता रुद्रमानको स्मृतिमा उद्यान बनाईंदै


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७७, शुक्रबार

बागलुङ, २७ मंसिर– ग्रामिण पर्यटनका पीता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा उद्यान निर्माण थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको अतिथी सत्कार घरबासले उद्यान निर्माणको काम थालेको हो ।
भकुण्डे भ्यूटावर परिसरको टापुमा उद्यान निर्माणको काम थालिएको अतिथी सत्कार समुदायीक घरबासका अध्यक्ष खिमबहादुर थापाले बताए । गुरुङको शालिकसहितको उद्यान निर्माण हुनेछ । १ सय मिटर लम्बाई र ४० मिटर चौडाई क्षेत्रफलमा उद्यान बनाउने काम थालिएको थापाले बताए ।
‘ग्रामिण पर्यटनका पिता क्या. रुद्रमान गुरुङको स्मृतिमा पार्क बनाउनु हामी पर्यटन व्यवसायीको दायित्व हो’ थापाले भने ‘घरबासकै पहल र सक्रियतामा यहाँ पार्क बन्दैछ ।’ गण्डकी प्रदेश सरकारले घरबासको लागि उपलव्ध गराएको १० लाख रुपैयाँ अनुदान सहयोगबाट उद्यानको काम थालिएको हो ।
आगामी असार मसान्तभित्र काम सक्नेगरी तारबार र संरचना निर्माणको काम थालिएको उपभोक्ता समितिले जनाएको छ । ‘उद्यानमा फुलबारी र अन्य संरचनाहरु पनि बन्छन्’ थापा भन्छन् ‘पर्यटकीय गाउँ भकुण्डे आउने पर्यटकको लागि अर्को सुन्दर गन्तव्य बनाउँदै छौं ।’
पार्कमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्री रहने पुस्तकालयसमेत निर्माण गर्ने योजना घरबासले बनाएको छ । ‘यहाँ आउने जो–कोहीले ग्रामिण पर्यटनका पिताको विषयमा जानकारी पाउन भन्ने हो’ थापा भन्छन् ‘ग्रामिण पर्यटनको बिषयमा अध्ययन गर्न चाहनेहरुका लागि व्यवस्था मिलाउँछौं ।’
घरबास सञ्चालक र उपभोक्ता समितिले गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्रीलाई ल्याएर उद्यान निर्माणको शिलान्यास गराएका थिए । ‘प्रदेश सरकारले घरबासलाई दिएको रकम दुरुपयोग भनेर अनुगमन थालेको छ, हामीले कामको सुरुवात मन्त्रीबाट गराएर इमान्दारिता देखायौं’ घरबास सञ्चालक चन्द्रबिर थापाले भने ।
अस्ट्रेलियन नागरिक टमी पार्क र भूतपूर्व गोरखा सेनाका अवकाश प्राप्त लाहुरे क्या. रुद्रमान गुरुङको प्रयासमा २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी पहिलो ग्रामीण पर्यटन गाउँ भएको थियो । गुरुङकै कामलाई पछ्याउँदै घलेगाउँमा २०५७ वैशाखमा ग्रामीण पर्यटनले ढोका उघारेको कतिपय सोधहरुमा उल्लेख छ । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) पोखराले पनि यसअघि स्व. क्या. रुद्रमान गुरुङ स्मृति पुरस्कार गाउँ पर्यटनको प्रर्वद्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गर्नेगरी स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->