सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

शिव शिखरको सेवा केन्द्र बागलुङमा

शिव शिखरको सेवा केन्द्र बागलुङमा

उपकार ब्राण्डका खाद्य सामग्री तथा कृषि औजारको बजारीकरण बागलुङमा सहकारीले सुरु गर्ने ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७७, शुक्रबार

बागलुङ, २६ मंसिर– किसान र उपभोक्ताका लागि आर्कषक कार्यक्रमसहित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सदस्य सेवा केन्द्र बागलुङमा विस्तार गरको छ ।
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको सहकारीले १८ औं सदस्य सेवा केन्द्र बागलुङमा शुक्रबार उद्घाटन गरेको हो । किसानहरुका लागि आधुनिक औजार वितरण तथा कर्जाको सुविधा दिने र स्थानीय उत्पादनको ब्राण्डिङ तथा बजारीकरणमा सहयोग पु¥याउनका लागि सहकारीको सेवा केन्द्र विस्तार गरिएको सञ्चालक सदस्य सुशिल बानियाँले बताए ।
देशका विभिन्न जिल्लामा १८ वटा सेवा केन्द्रमार्फत आफ्नै उत्पादन र बजारीकरण तथा बचत र ऋणको कारोवार गर्दै आएको संस्थाले बागलुङमा पनि सेवा विस्तार गरेको हो । उपकार ब्राण्डको बजारीकरण र ब्राण्डिङ गर्दै आएको सहकारीले आफ्ना सहायक ब्राण्डको रुपमा रानीमहल र बिधाता कम्पनीका उत्पादनको बजारीकरण गर्दै आएको छ ।
‘हामी सदस्यहरुको लगानी कहाँ भैरहेको छ भनेर सुरक्षित देखाउन चाहन्छौं, सोही अनुसार हाम्रो काम हुन्छ’ सेवा केन्द्र बागलुङका प्रमुख विष्णु प्रसाद भुसालले भने ‘सेवा केन्द्रले छिट्टै मार्ट सञ्चालनमा ल्याउँछ, उपकार ब्राण्डका खाद्य सामग्री तथा कृषि औजारको बजारीकरण बागलुङमा सहकारीले सुरु गर्नेछ ।’
झण्डै १५ करोड लगानीमा मिनीमार्ट सञ्चालनको तयारी थालेको सापकोटाले बताए । शुक्रबार सहकारीको सेवा केन्द्र उद्घाटन गर्दै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले सहकारीले उद्देश्य अनुसारका काम गर्दा आर्थिक क्रियाकलाप र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने बताए ।
सहकारीले सेवा केन्द्र सञ्चालन तथा आफ्ना उत्पादनको बजारीकरणका लागि २६ जनालाई रोजगारी दिएको छ । मार्ट सञ्चालनमा आउँदा थप १०/१२ जनाले रोजगारी पाउने सापकोटाले बताए । ‘हामीले सामाजिक काम पनि गर्दै आएका छौं’ सापकोटा भन्छन् ‘किसान र उत्पादनसँग हाम्रो निकट सम्बन्ध रहन्छ ।’
सञ्चालक सदस्य बानियाँका अनुसार, बागलुङमा ताराखोलाको आलु, भाँगो, गुन्द्रुक लगायतका स्थानीय उत्पादनको ब्राण्डिङका लागि सहकारीले प्रक्रिया थाल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->