बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पत्रकार महासंघ पर्वतलाई साझेदारी अनुदान कार्यक्रमको दश लाख बजेट

पत्रकार महासंघ पर्वतलाई साझेदारी अनुदान कार्यक्रमको दश लाख बजेट


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७७, शुक्रबार

बागलुङ, २६ मंसिर– पत्रकार महासंघ पर्वत शाखाको परिसरमा भौतिक पूर्वाधार सुधारका लागि यहाँका एक सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमबाट बजेट बिनियोजन गरेका छन् । प्रतिनिधिसभा सदस्य पदम गिरीले महासंघको भवन रहेको परिसरमा सौचालय, पर्खाल लगायतका संरचना निर्माणका लागि दश लाख रुपैयाँ बजेट बिनियोजन गरेका हुन् । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमबाट पत्रकार महासंघ तथा पत्रकारहरुको लागि बजेट बिनियोजन भएको साविकको धौलागिरीका चार जिल्लामा पहिलो हो । शुक्रबार पत्रकार महासंघको कार्यालयमा अन्तरक्रियापछि गिरीले महासंघको लागि दशलाख रुपैयाँ बिनियोजन भएको जनाकारी गराएका थिए । ‘पत्रकारीतालाई पनि बिकासको सझेदार मानेर बजेट बिनियोजन गर्नुभएको रहेछ’ अध्यक्ष छविलाल तिवारीले भने ‘हामिले सम्बन्धित शिर्षकमानै खर्च गर्छौं, जसका कारण पत्रकारहरुको आफ्नो घर सुविधासम्पन्न र सुरक्षित रहोस ।’ गिरीले पर्वतका सबै पालिकासँगको साझेदारीमा चार करोड रुपैयाँका योजना छनौट भैसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->