पोखरा, २८ मंसिर– स्थानीय उत्पादन प्रवद्र्धनका लागि अनलाइन इकर्मस डोकोमार्टको पोखरामा औपचारिक रुपमा शनिवार शुभारम्भ भएको छ ।
डोकोमार्टको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानीय उत्पादनहरुलाई टेवा पुर्याउने र बजारीकरण गर्ने उद्धेश्यले संचालनमा आएको डोकोमार्ट आर्थिक समृद्धिको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
उनले किसानका उत्पादनहरुलाई वजारीकरण गर्दा आर्थिक समृद्धिको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्नुपर्ने बताए ।
उनले उत्पादनकर्ताबाट सिधैं उपभोक्ताको घरसम्म उत्पादीत बस्तु पुग्ने र विचौलियाहरु नजोडिने हुँदा किसानले उचित मुल्य पाउने बताए ।
मार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्य राखेको बताए ।
ग्राहकको विश्वसनियतालाई जोड दिने प्राथमिकतामा राखी स्थानिय उत्पादनको प्रर्वद्धन गरिने संचालक दिलिप न्यौपानेले जानकारी दिए । मार्ट प्रवन्ध निर्देशक सुवास मल्लका अनुसार अनलाइनका एक सय भन्दाबढी स्थानीय उत्पादनहरु उपलब्ध छन् ।





