बागलुङ, १ पुस– सहकारी रजिष्ट्रारको कार्यालय, पोखराका रजिष्ट्रार प्रेम प्रसाद ढकालले संस्थागत सुशासन कायम गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेका छन् । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले बुधबार विहान आयोजना गरेको सरोकारवालाहरुसँग एकीकरण सम्बन्धी कार्यक्रममा ढकालले सरकारले ल्याएको सहकारी एकीकरण अभियानलाई प्रभावकारी बनाई थोरै सहकारी मार्फत धेरै सदस्यमा वित्तीय कारोबारको पहुँच पुग्ने गरी काम गर्न आग्रह गरे ।
गण्डकी प्रदेशमा कोभिडका कारण सहकारी एकीकरण अभियान केही सुस्त गतिमा भए पनि अवका दिनमा प्रदेश सहकारी कार्यालयले गति बढाउने बताए । सहकारी संस्थाले गरिबी निवारण, बचत गर्ने वानीको विकास तथा सामाजिक आर्थिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको धारणा राखे ।
कार्यक्रममा रजिष्ट्रार कार्यालयका अधिकृत सागर खनाल र बलराम शर्माले छलफलका क्रममा एकीकरणका सवालहरुमा सहजीकरण गरेका थिए ।
सिवाईसी साकोसमा एकीकृत हुन लागेका ११ वटा सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्ष, सह–सचिव सुवास आचार्यको स्वागत र सचिव जयराम भारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





