बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सम्पत्ति विवरण बुझाउन विकास समितिलाइ मन्त्री भट्टराईको निर्देशन

सम्पत्ति विवरण बुझाउन विकास समितिलाइ मन्त्री भट्टराईको निर्देशन


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७७, बुधबार

काठमाण्डौ, १ पुस– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पत्ती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् । बुधबार मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिए ।
गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरे । मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकिकृत गर्ने योजना भएको बताउँदै महिना दिन भित्र सुझाव दिन सवैलाई आग्रह गरे । उनले विकास समितिहरुले मितब्यहिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा ब्यवस्थित गरी लेखा परिक्षण अनिवार्य गर्न तथा बेरुजु फस्यौट गर्न तर्फ लाग्न निर्देशन दिएका हुन् ।
उनले धार्मिक तथा साँस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीयतहको समन्वय गरेर बढी भन्दा बढी फाईदा लिन समेत आग्रह गरे । मन्त्री भट्टराई धार्मिक स्थलहरुलाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न आग्रह समेत गरे । अन्र्तक्रियामा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौ, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्वा विकास समिति ललितपुर, बृह्तर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेसी महादेवस्थान विकास समिति, खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समिति अध्यक्ष र कार्यकारी निर्देशकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->