बागलुङ, १ पुस– प्रगती बहुउद्देश्यीय सहकारी संस्था बागलुङको साधारणसभा बुधबारदेखि सुरु भएको छ । कोरोना महामारीका कारण सहकारीले स्वास्थ्यका मापदण्ड अपनाउँदै इकाईगत साधारणसभा सुरु गरेको हो । बुधबार बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखामा ईकाइगत भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले रोजगारी सिर्जनामा सहकारीको भूमिका महत्वपुर्ण रहेको बताए । स–साना पुँजीहरुको संकलन र परिचालनले सदस्यहरुलाई सवल बनाउने भन्दै थापाले आर्थिक समृद्धिको लागि सहकारीले उद्देश्य अनुसारका कृयाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष विद्यापति शर्माले सहकारीहरुले वहन गर्ने सामाजिक उत्तरदायीत्वको स्मरण गरे । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले सहकारीलेहरुले इकाईगत साधारणसभाको अभ्यास थालेकोमा खुसी व्यक्त गरे । बुधबारबाट सुरु भएको साधारणसभा आगामि पुस ४ गते सकिने छ । तीन दिन बागलुङ बजारमा रहेका शेयर सदस्यहरुलाई फरक फरक समयमा भेला गरेर ४ गते मुल समारोह आयोजना हुने अध्यक्ष कृष्ण प्रसाद शर्मा ‘कुमार’ले बताए । भीमापोखरामा भएको कार्यक्रममा कोषध्यक्ष तुलसीनाथ शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष कृष्ण प्रसाद शर्मा ‘कुमार’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष तोयानाथ गौतम र सञ्चालन सह–सचिव बालाकृष्ण शर्माले गरेका थिए ।





