पोखरा, २ पुस– नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ ।
यस योजनामा २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको हो । यो अफर पुस १ देखि कार्यान्वयनमा आइसकेको छ ।
एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नति गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने छ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक सीपीई र १०० मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ ।
यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नुहुनेछ। एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत स्टार १४१५ ह्याक्स डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ। यो डाटा टुजीरथ्रीजीरफोरजी सबै नेटवर्कमा, चौबीसै घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ ।





