पर्वत, २ पुस– पर्वतको जलजला गाउँपालिका–४ का केदारनाथ पौडेलको कबिता संग्रह ‘हम्पाल’को बिहीबार विमोचन भएको छ ।
कृतिको प्रकाशक मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले मल्लाजमा आयोजना गरेको समारोहमा स्थानीय समाजसेबी भवानीशंकर पौडेलले कबिता संग्रहको विमोचन गरेका हुन् ।
जलजला गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हम्पालबाट नामाकरण भएको कृतिमा विभिन्न विषयसँग सम्बन्धित १७ वटा छन्द शैलीका कविता संग्रह गरिएको छ । प्रकृति, सामाजिक, ग्रामिण जनजीवन, समसामयिक विषयसँग सम्बन्धित कृतिलाई मल्लाज क्षेत्रको साहित्यको बिम्बका रुपमा हेरिएको छ ।
यस्तै राष्ट्रसेवकको समस्या, माया प्रेम, राजनीतिक ब्यवस्था, स्थानीय सम्पदा र साहित्यकार मोहनबहादुर मल्लको योगदानका बिषयका कबिता पनि सो कृतिमा समावेश छ । निजामति सेवाबाट गत मंसिर १८ गते सेवा निवृत्त भएका पौडेलको यो पहिलो कृति हो ।





