बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

काममा ढिलासुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतमा तोडफोड

काममा ढिलासुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतमा तोडफोड


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

पर्वत, ३ पुस– आफ्नो काममा ढिला सुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतका सामग्रीहरू तोडफोड गरेका एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार तोडफोड गरेका ती व्यक्ति जलजला गाउँपालिका–३ माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्री रहेका छन् । जग्गा राजीनामा पास गर्न बिहीबार कार्यालयमा गएका ती युवकले आफ्नो काम किन नभएको भन्दै कर्मचारीलाई धम्क्याउँदै कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिन लगायतका सामग्रीहरू तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले बताए । सामग्रीहरू तोडफोड हुँदा कार्यालयका महत्त्वपूर्ण अभिलेखहरू समेत नष्ट भएको लामिछानेको भनाई छ ।

घटना बारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत विवरणहरू तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->