मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

प्रगति सहकारीको खुद मुनाफा ६५ लाख ३२ हजार रुपैयाँ

प्रगति सहकारीको खुद मुनाफा ६५ लाख ३२ हजार रुपैयाँ

संस्थाको बार्षिक कारोवार पौने अर्व बढि


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

बागलुङ, ३ पुस – प्रगति वहुउदेश्यीय सहकारी संस्थाले गत आर्थिक बर्षमा रु. ६५ लाख ३२ हजार खुद मुनाफा आर्जन गरेको छ । संस्थाको १४ औं बार्षिक साधारणसभाको अवसरमा शुक्रवार बागलुुङ बजारमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार)ले आर्थिक बर्ष ०७६÷०७७ मा सहकारीले रु.६५ लाख ३२ हजार ४७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको वताए ।
कोरोनाका कहरका विचमा पनि संस्थाले रु.८१ करोड ८२ लाख ४२ हजार ७१४ रुपैयाको कारोवार भई कुल रु. ४ करोड १५ हजार ४० हजार ११७ आम्दानी भएको अध्यक्ष पौडेलले वताए । रु. ३ करोड ५० लाख ७ हजार ६४७ खर्च भई ६५ लाख ३२ हजार ४७० खुद मुनाफा भएको हो । संस्थाको शेयर पुँजी रु. ६ करोड ३२ लाख २९ हजार ५०० रहेको छ ।
संस्थाका उपाध्यक्ष तोयानाथ गौतमका अनुसार संस्थामा ८ सय ५३ जना शेयर सदस्य रहेका छन् । सहकारी शेयर सदस्यहरुको विचमा दैनिक, मासिक, मुद्धति, प्रगति विशेष र बाल बचत गर्दै आएको छ । सहकारीले स्वास्थ्य मापदण्ड अपनाई चार दिने कार्यक्रमका साथ बार्षिक साधारणसभा आयोजना गरेको सहसचिव बालकृष्ण शर्माले वताए । उनका अनुसार पुस १ गते काँठेखोला–२ भीमापोखरामा, पुस २ र ३ गते बागलुङ बजारमा साधारणसभा गरी पुस ४ गते मुल समारोह र सम्मान कार्यक्रमका सहित साधारणसभा समापन गर्ने कार्यक्रम छ । संस्थाको कार्यक्षेत्र बागलुुङ नगरपालिका र काँठेखोला गाउपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->