मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

११ शेयर सदस्यलाई सम्मान गर्दै सकियो प्रगतिको साधारणसभा

११ शेयर सदस्यलाई सम्मान गर्दै सकियो प्रगतिको साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७७, शनिबार

बागलुङ, ४ पुस– प्रगति बहुउदेश्यीय सहकारी संस्था बागलुङको १४ औं साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । इकाइगत साधारणसभा गरेको सहकारीले शनिबार बागलुङमा मुल समारोह आयोजना गरेको हो ।
वर्षभरि उत्कृष्ट कारोवार गर्ने १२ जना शेयर सदस्यलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो । बाल बचतमा उत्कृष्ट दुई जना सम्मानित भएका छन् ।
मुल समारोहलाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार डा. सुदर्शन शिलवालले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको बताए । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले उद्देश्य अनुसार चल्ने सहकारीको उज्वल भविश्य रहेको बताए ।
सल्लाहकार भीमप्रसाद गौतमले सहकारी ऐनमा व्यवस्था भएअनुसारका विधिमा चल्ने सहकारीले सधैं उत्कृष्टता प्रदर्शन गर्ने बताए । कार्यक्रममा शेयर सदस्यहरु जीवनाथ शर्मा र तेजप्रसाद न्यूरेले बोलेका थिए ।
पौष १ गते काँठेखोला गाउँपालिका २ भीमापोखरामा, पुस २ र ३ गते बागलुङ बजारमा साधारणसभा गरी पुस ४ गते मुल समारोह र सम्मान कार्यक्रमसहित साधारणसभा सकिएको हो ।
संस्थाको कार्यक्षेत्र बागलुुङ नगरपालिका र काँठेखोला गाउँपालिका रहेका छन् । शनिबारको कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा ‘कुमार’को अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागत र सह–सचिव बालाकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->