बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पत्रकार महासंघ मुस्ताङसंग सहकार्य गर्न स्थानीय तह तयार: अध्यक्ष थकाली

पत्रकार महासंघ मुस्ताङसंग सहकार्य गर्न स्थानीय तह तयार: अध्यक्ष थकाली


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७७, शनिबार

मुस्ताङ, ४ पुस- मुस्ताङका स्थानीय तहले नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न तयार रहेको वताएका छन् । घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले पत्रकार महासंघसंग जिल्लाका स्थानीय तहले समन्वय र सहकार्य गर्न तयार रहेको बताए । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको नवौं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै अध्यक्ष थकालीले जिल्लाको समग्र विकास, सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको वताए ।
अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारिता आफैैमा चुनौतिपूर्ण भएको र पत्रकारीतालाई थप उचाईमा पू¥याउन पत्रकारको संख्या वृद्धि गर्नेतर्फ शाखाले भुमिका खेल्नुपर्नेमा जोड दिए । पत्रकारले गरेको प्रत्येक सूचना संम्प्रेषणले कार्यान्वयन गर्ने निकाय थप जिम्मेवार हुने भएकाले समाजका वेथिती, विकृति, विसङ्गती र विकास निमार्णमा भएका राम्रा र नराम्रा पक्षको उजागर गरी समृद्ध नेपाल, सुखी नेपालीको दिशातर्फ उन्मुख हुनपर्ने अध्यक्ष थकालीको भनाई छ । पत्रकारहरुको छातासंस्था पत्रकार महासंघ मुस्ताङ शाखालाई आगामी दिनमा आवश्यक परेको अवस्थामा आर्थिक, भौतिक र रचनात्मक सहयोग गर्ने अध्यक्ष थकालीले प्रतिबद्धता व्यक्त गरे।
साधारणसभामा महासंघका शाखा अध्यक्ष सुन्दरकुमार थकाली शाखाको सांगठनिक र प्रगति प्रतिवेदन प्रस्तुत गरे । प्रतिबेदनमा शाखाले मुस्ताङको समग्र विकास र सुशासन कायम गर्न र जिल्लाका पत्रकारलाई परेको समस्यामा सहकार्य गर्दै आईरहेको उल्लेख छ । अध्यक्ष थकालीले सुगमको जस्तो पत्रकारिता हिमाली जिल्लामा सहज नभएको उल्लेख गर्दै यसैका कारण सञ्चार क्षेत्रमा आउने नयाँ पिढीको रुची कम पाएको जनाए । पत्रकार महासंघको बार्षिक सदस्यता शुल्क हिमाली जिल्लाका लागि चर्को भएकाले हिमाली जिल्लालाई ५० प्रतिशत सहुलियत दिनुपर्ने उनले महासंघ केन्द्रलाई सुझाव दिए ।
कार्यक्रम शाखाका सदस्य राजु सेन्चुरीले स्वागत मन्तब्य ब्यत्तm गरे । उनले चालु कार्यकालमा पत्रकार महासंघले पत्रकार हकहित, सहयोग र विभिन्न कार्यक्रम आयोजना गरी शाखाको कार्य सम्पादनलाई दर्भिलो बनाएको उल्लेख गरे । साधारण सभाको सञ्चालन शुशिलबाबु थकालीले गरेका थिए ।शाखाका कोषाध्यक्ष निरज थकालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले कोभिड—१९ को जोखिमको बेला पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन महासंघको केन्द्रले ध्यान नदिएको र मिडिया हाउसबाट पत्रकारको पेशा धराप परेको र कतिपयले पारिश्रमिक नपाएको अवस्थामा महासंघले शशक्त आन्दोलन गर्न जोड दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->