मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बीउको समस्या र उत्पादन घट्दा प्याजका बिरुवा अभाव

बीउको समस्या र उत्पादन घट्दा प्याजका बिरुवा अभाव


  • ढोरपाटन संबाददाता
  • पुष ९ २०७७, बिहिबार

बागलुङ, ९ पुस– गतवर्ष प्याजका बिरुवा बिक्री गरेर पाँच लाख रुपैयाँ मुनाफा गरेका बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापाले यो वर्ष लगानी उठाउनसमेत कठिन भयो । बिरुवा बिक्रिबाट आएको रकम बिउ, मल र बिरुवाका लागि व्याड तयार गर्न भएको खर्च हिसाब गर्दा उनको लगानी मुस्किलले उठ्यो ।
बिरुवा बिक्रीका लागि तयार हुँदा बिहानदेखि बेलुकासम्म थापाको घरमा भीड लाग्यो । ठुलो व्याडमा तयार भएका झण्डै २ लाख बिरुवा थापाले दिनरात गरेर दुई दिनमा सके । व्याड राख्ने बेलामा बिउको अभाव र लगाएको बिउसमेत राम्रोसँग नउम्रिएकाले थापाले यो वर्ष प्याजका बिरुवामा क्षति व्यहोर्नु परेको हो ।
‘यो वर्ष लगानी राम्रै गरेर मुनाफा पनि बढाउने सोँच थियो, तर समयले धोका दियो’ थापा भन्छन् ‘नत बचन दिएकालाई बिरुवा पु¥याउन सकियो, न आपूmले चिताएको जस्तो भयो ।’ थापाले लामो समयदेखि रामरेखामा जग्गा भाडामा लिएर तरकारीका बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन् ।
व्यवसायीक बिरुवा उत्पादकको रुपमा परिचय बनाएका थापाको शेरमाई कृषि, वन तथा पशुविकास फार्म छ । ‘बीउ उत्पादन हुने समयमा भएको अधिक वर्षाले यो वर्ष बजारमा बिउ नै पाइएन’, थापाले भने ‘आउँदो असारमा फसल दिने प्याजको उत्पादन पनि घट्ने देखेको छु ।’
यस्तै, जैमिनी नगरपालिका–१० राङ्खानीका मित्र थापाले पनि प्याजका बिरुवा उत्पादन र बिक्री वितरण गर्न थालेको पाँच वर्ष भयो । हरेक वर्ष दुइ÷तीन लाख रुपैयाँ मुनाफा उनले प्याजका बिरुवाबाटै निकाल्थे । तर यो वर्ष भने मित्रलाई पनि लगानी उठाउन कठीन भयो ।
मित्रको पनि बीउ र बिरुवामा नै समस्या देखापरेकाले उत्पादन कम भएको हो ।
‘उम्रिएका बिरुवामा समेत डडुवा लाग्यो, आधा बीउ उम्रिएन’, थापाले भने ‘नासी क्रेट जातको बीउ लगाएको, राम्रो हुन्छ भनेको नराम्रो भयो ।’ उनले यो वर्ष दुई लाख बिरुवा मात्रै आफ्नो फार्ममा उत्पादन भएको बताए । बिरुवाको माग अत्याधिक रहेको भएपनि सबैलाई उपलव्ध गराउन नसकेको उनको भनाई छ ।
व्यावसायिक किसानहरुका जस्तै घरायसी प्रयोजनका लागि उत्पादन गर्दै आएका किसानले समेत यो वर्ष बिउ नपाउँदा बागलुङमा प्याजका बिरुवाको अभाव छ । गत वर्षहरुमा भन्दा मुल्यवृद्धि भएको भएपनि बिरुवा नपाएको किसनाहरु बताउँछन् । गत वर्ष एक रुपैयाँमा पाँच गोटाका दरले बागलुङमा प्याजका बिरुवाको कारोवार भएको थियो । यो वर्ष भने एक रुपैयाँका दुईवटा मात्रै बिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->