बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकार कहिले आउँछ लुप्राङमा पानी ?

सरकार कहिले आउँछ लुप्राङमा पानी ?

लुप्राङका ९८ घरधुरीले अघिल्लो चुनावमा पानी पाउने आशाले एकै ठाउँमा निर्णायक मत दिएको स्थानीय युवा ध्रुव रेग्मी बताउँछन् ।

  • ढोरपाटन संबाददाता
  • पुष १० २०७७, शुक्रबार

बागलुङ, १० पुस– तीन वर्षअघिको चुनावमा नेताहरु हात जोड्दै आए । नेताले भोट मात्रै मागेनन्, गाउँमा रहेको पानीको समस्या समाधान गर्ने बचन दिए । चुनाव सकिएपछि एक दुईपटक गाउँ फर्केका नेताहरु गाउँमा सबैभन्दा धेरै पानी जसको घरमा त्यहीं बस्छन् । तर यहाँका सर्वसाधारणले वर्षौंदेखि भोग्दै आएको समस्या देख्दैनन् ।
पर्वतको जलजला गाँउपालिका–८ नाग्लीबाङको लुप्राङमा पानीको चरम अभाव छ । वर्षात्को समयमा खेतबारी कुनामा निस्किने मुलहरुले प्यास मेट्ने यहाँका सर्वसाधारण हिउँदको समयमा सधैं काकाकुल जस्तै छन् । कुवाको पानी लाईनमा बसेर जोहो गर्नुपर्ने अवस्था रहेको स्थानीय कोपिला रेग्मीले बताईन् । ‘आजको होईन म यहाँ आउँदादेखिकै समस्या थियो’ रेग्मी भन्छिन् ‘पानीका लागि समिति बने तर पानी आएन् ।’
नजिकमा मुहानको समस्या र टाढाबाट ल्याउन वडामा बजेट पर्याप्त छैन । गाउँ नै पानीको अभावमा रहेकाले यहाँका युवाहरु नियमित रुपमा पिउने पानीको जोहो गरिदिन अनुरोध गर्दै विभिन्न ठाउँमा धाउँदै आएका छन् । जनप्रतिनिधि र विकासे संस्थाहरु गुहार्दा हैरान भएका युवा जिल्ला प्रशासन कार्यालय पर्वतमा तीन महिनादेखि पटक—पटक धाईसके ।
स्थानीय युवा बाबुराम खड्काका अनुुसार, उनीहरु पहिलेदेखि नै वडा र गाउँपालिकाको कार्यालयमा गएर समस्या बताए पनि पानीमा राजनीति मिसिएको अनुभव युवाहरुलाई भएको छ । ‘अहिले पानी ल्याउँदा अर्को चुनाव जितिन्नजस्तो गर्छन्’ बाबुराम भन्छन् ‘समस्याका विषयमा सबै जानकार छन् तर कसैले सुन्दैनन ।’
लुप्राङका ९८ घरधुरीले अघिल्लो चुनावमा पानी पाउने आशाले एकै ठाउँमा निर्णायक मत दिएको स्थानीय युवा ध्रुव रेग्मी बताउँछन् । ‘चुनाव जित्न आएकाले पानी ल्याएनन्, अहिले प्रशासन धाउन थालेका छौं, आश मरिसकेको छ’ रेग्मीले भने ।
पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले भने आफुले स्थलगत अनुगमन गरेर उपयुक्त पहल गरिदिने बचन दिएका छन् । लुप्राङमा पानी ल्याउनका लागि गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नजिकमा मुहानसरकार कहिले आउँछ लुप्राङमा पानी ?
लुप्राङका ९८ घरधुरीले अघिल्लो चुनावमा पानी पाउने आशाले एकै ठाउँमा निर्णायक मत दिएको स्थानीय युवा ध्रुव रेग्मी बताउँछन् ।
बागलुङ, १० पुस– तीन वर्षअघिको चुनावमा नेताहरु हात जोड्दै आए । नेताले भोट मात्रै मागेनन्, गाउँमा रहेको पानीको समस्या समाधान गर्ने बचन दिए । चुनाव सकिएपछि एक दुईपटक गाउँ फर्केका नेताहरु गाउँमा सबैभन्दा धेरै पानी जसको घरमा त्यहीं बस्छन् । तर यहाँका सर्वसाधारणले वर्षौंदेखि भोग्दै आएको समस्या देख्दैनन् ।
पर्वतको जलजला गाँउपालिका–८ नाग्लीबाङको लुप्राङमा पानीको चरम अभाव छ । वर्षात्को समयमा खेतबारी कुनामा निस्किने मुलहरुले प्यास मेट्ने यहाँका सर्वसाधारण हिउँदको समयमा सधैं काकाकुल जस्तै छन् । कुवाको पानी लाईनमा बसेर जोहो गर्नुपर्ने अवस्था रहेको स्थानीय कोपिला रेग्मीले बताईन् । ‘आजको होईन म यहाँ आउँदादेखिकै समस्या थियो’ रेग्मी भन्छिन् ‘पानीका लागि समिति बने तर पानी आएन् ।’
नजिकमा मुहानको समस्या र टाढाबाट ल्याउन वडामा बजेट पर्याप्त छैन । गाउँ नै पानीको अभावमा रहेकाले यहाँका युवाहरु नियमित रुपमा पिउने पानीको जोहो गरिदिन अनुरोध गर्दै विभिन्न ठाउँमा धाउँदै आएका छन् । जनप्रतिनिधि र विकासे संस्थाहरु गुहार्दा हैरान भएका युवा जिल्ला प्रशासन कार्यालय पर्वतमा तीन महिनादेखि पटक—पटक धाईसके ।
स्थानीय युवा बाबुराम खड्काका अनुुसार, उनीहरु पहिलेदेखि नै वडा र गाउँपालिकाको कार्यालयमा गएर समस्या बताए पनि पानीमा राजनीति मिसिएको अनुभव युवाहरुलाई भएको छ । ‘अहिले पानी ल्याउँदा अर्को चुनाव जितिन्नजस्तो गर्छन्’ बाबुराम भन्छन् ‘समस्याका विषयमा सबै जानकार छन् तर कसैले सुन्दैनन ।’
लुप्राङका ९८ घरधुरीले अघिल्लो चुनावमा पानी पाउने आशाले एकै ठाउँमा निर्णायक मत दिएको स्थानीय युवा ध्रुव रेग्मी बताउँछन् । ‘चुनाव जित्न आएकाले पानी ल्याएनन्, अहिले प्रशासन धाउन थालेका छौं, आश मरिसकेको छ’ रेग्मीले भने ।
पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले भने आफुले स्थलगत अनुगमन गरेर उपयुक्त पहल गरिदिने बचन दिएका छन् । लुप्राङमा पानी ल्याउनका लागि गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नजिकमा मुहान नभएको र अन्तरवडा मुहानको खोजी गर्दा विवाद भएका कारण तत्काल योजना कार्यान्वयन गर्न नसकिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।
‘नजिकको मुहान जलजला–९ बनौमा पर्छ, तर मुहानमा बिबाद छ’ शर्माले भने ‘दुवै पक्षलाई राखेर छलफल गर्ने प्रयास भैरहेको छ, योजना कार्यान्वयन हुँदा समस्या समाधान हुन्छ ।’ बनौका स्थानीयले मुहान दिन नमानेको र लुप्राङमा मुहान नभएका कारण समस्या रहेको शर्माले बताए ।
दुई वडाको विवाद मिलाउन राजनीतिक तहबाट पहल हुनुपर्ने युवाहरुको माग छ । राजनीतिक दलहरु र जनप्रतिनिधिले बेवास्ता गरेकै कारण जिल्ला प्रशासन गुहार्नु परेको रेग्मी बताउँछन् । पानीकै समस्याका कारण लुप्राङबाट ५ घर बसाईसराई गरी तराई गएका छन्भने त्यहाँ रहेका स्थानीयले कुवाको पानी पिउनका लागि घन्टौं पैदल हिँड्नु पर्छ ।
नभएको र अन्तरवडा मुहानको खोजी गर्दा विवाद भएका कारण तत्काल योजना कार्यान्वयन गर्न नसकिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।
‘नजिकको मुहान जलजला–९ बनौमा पर्छ, तर मुहानमा बिबाद छ’ शर्माले भने ‘दुवै पक्षलाई राखेर छलफल गर्ने प्रयास भैरहेको छ, योजना कार्यान्वयन हुँदा समस्या समाधान हुन्छ ।’ बनौका स्थानीयले मुहान दिन नमानेको र लुप्राङमा मुहान नभएका कारण समस्या रहेको शर्माले बताए ।
दुई वडाको विवाद मिलाउन राजनीतिक तहबाट पहल हुनुपर्ने युवाहरुको माग छ । राजनीतिक दलहरु र जनप्रतिनिधिले बेवास्ता गरेकै कारण जिल्ला प्रशासन गुहार्नु परेको रेग्मी बताउँछन् । पानीकै समस्याका कारण लुप्राङबाट ५ घर बसाईसराई गरी तराई गएका छन्भने त्यहाँ रहेका स्थानीयले कुवाको पानी पिउनका लागि घन्टौं पैदल हिँड्नु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->