मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

राष्ट्रसेवक सहकारीको दशौं साधारणसभा

राष्ट्रसेवक सहकारीको दशौं साधारणसभा


  • ढोरपाटन संबाददाता
  • पुष ११ २०७७, शनिबार

बागलुङ, ११ पुस– राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि बागलुङको दशौं साधारण सभा शनिबार बागलुङमा सम्पन्न भएको छ । कोरोना महामारीबीच सामाजिक दुरी र स्वास्थ्यका मापदण्ड अपनाएर सहकारीले सधारणसभा गरेको हो ।
साधारणसभाले सचिव सोमराज पाण्डेको प्रगती प्रदिवेदन र कोषाध्यक्ष गुप्तबहादुर कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ । कोरोना महारीका कारण नियमित बचत तथा ऋणका कारोवारमा परेको प्रभावबस्च सहकारीले १ करोड ६४ लाख ५२ हजार ६७५ रुपैयाँको करोवार गरेको जनाएको छ ।
साधारणसभामा बक्ताहरुले सहकारीले सदस्यमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष कृष्णराज गौतमको अध्यक्षता र सचिव सोमराज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->