बागलुङ, १२ पुस– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको ११ औं साधारण सभा तथा चौथो अधिवेसन शनिवार बागलुङमा सम्पन्न भएको छ ।
साधारणसभामा व्यवसायीले कोभिड १९ को कारणले व्यपार व्यवसायमा नकारात्मक असर परेको बताए । उनीहरुले अझैपनि व्यवसायमा परेको असर न्युनिकरण नभइसकेको भन्दै व्यवसाय चलायमान बनाउन सबैको साझा पहल आबस्यक भएको बताए । व्यवसायीले समस्यामा परेको अबस्थामा कर छुट गर्नुपर्ने समेध धारणा राखेका थिए ।
साधारणसभाको सुभकामना दिंदै संस्थापक अध्यक्ष हरिलाल सुवेदीले व्यवसायीको हितमा राज्यका निकायले करछुट र सहज वातावरण बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए । समितिका अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव गोबिन्दप्रसाद सुवेदीको संचालनमा सम्पन्न साधारणसभामा निर्वाचन अधिकृत गोबिन्दप्रसाद ओझाले पनि बोलेका थिए । साधारणसभामा सचिव गोबिन्दप्रसाद सुवेदीको प्रगती प्रतिवेदन र कोषाध्यक्ष गोकुलप्रसाद कंडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अधिवेसनबाट रामचन्द्र शर्माको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा दलबहादुर कार्की, सचिवमा प्रेमलाल गौतम, सहसचिवमा रबिन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोकुलप्रसाद कंडेल चयन भएका छन् । सदस्यमा मातृका आचार्य, सन्तोष शर्मा, दुर्गाबहादुर क्षत्री, भीमकुमारी जिसी, मुरारी गैरे र युजेक श्रेष्ठ चयन भएका हुन् ।





