शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलकुद प्रेमी बोहराले दिए व्यक्तिगत खर्चमा खेलकुद सामग्री

खेलकुद प्रेमी बोहराले दिए व्यक्तिगत खर्चमा खेलकुद सामग्री


  • ढोरपाटन संबाददाता
  • पुष १२ २०७७, आइतबार

बागलुङ, ११ पुस– कोरोना महामारीका कारण सुस्त बनेका खेलकुदका गतिविधिलाई निरन्तरता दिन पर्वतको जलजला गाउँपालिका वडा नं. ६ सालिजामा रहेको हातेमालो युवा क्लवले सक्रिय भएको छ ।
क्लबका अध्यक्ष राम्जी बोहराले व्यक्तिगत खर्चमा क्लबलाई खेलकुदका सामग्री प्रदान गरेर युवा खेलाडिहरुलाई सक्रिय बनाउने अभियान थालेका छन् । उनले खेलाडिका लागि आवश्यक २३ थान खेल जर्सी, ५ थान भलिबल १,१ थान जाली तथा पम शनिबार वितरण गरेका छन् ।
झण्डै ३५ हजार बराबरको खेलकुद सामग्री खेलाडिका लागि उपलव्ध गराएर खेलकुदमा प्रेरित गर्ने प्रयास गरेको बोहराले बताए । खेलकुद क्षेत्रमा खेलकुद सामाग्रीले भलिबलको बिकासमा टेवा पुग्नुका साथै खेर गएको समयमा क्लबका सदस्यहरु भलिबल खेललाई सहि सदुपयोग गर्न सकेमा स्वास्थ्य र देशका लागि उपलव्धीमुलक हुने उनको धारणा थियो ।
अध्यक्षले व्यक्तिगत खर्चमा क्लवमा आबद्ध युवा खेलाडिलाई दिएका सामग्रीले थप उर्जा थपेको सचीव पुनम गुरुङ बताए । भलिबल खेलका लागि ग्रामीण क्षेत्रमा पर्याप्त मात्रामा पुर्वाधार निर्माण नभएकाले यसको बिकासमा लाग्नुपर्ने अध्यक्ष बोहोरा बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->