बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोउवा संघमा नारायण कोइरालाको अध्यक्ष सहित प्यानलको उम्मेदवारी घोषणा

पोउवा संघमा नारायण कोइरालाको अध्यक्ष सहित प्यानलको उम्मेदवारी घोषणा


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार

 

 

पोखरा,१३ पुष–पोखरा उद्योग वाणिज्य संघमा चुनाव लागेको छ । आउँदो पुस २४ र २५ गते हुने ३३ औं महाधिवेशनअन्गर्ततको निर्वाचन कार्यक्रममा संघका हालका वरिष्ठ उपाध्यक्ष नारायण कोइराले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । घोषित प्यानलमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उद्योगतर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीलाई उम्मेदार बनाइएको छ । प्रजापति यसअघि संघको कार्यसमितिमा वाणिज्य उपाध्यक्ष रहेका थिए भने चिनु संघको हालकी उपमहासचिव हुन् । यसैगरि पोखरेल हाल संघका महासचिव,विजुक्छे कोषाध्यक्ष तथा आचार्य र खत्री संघका कार्यसमिति सदस्य हुन् ।

कार्यसमितिका सदस्य बनेकाहरुमध्ये शोभा गौतम,भरत केसी र सुदनबहादुर कोइराला मात्र नारायणको नयाँ अनुहार रहेका छन् । नारायणको प्यानलले औद्योगिकसदस्यका उम्मेदवार बनेका बाँकी कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम शर्मा भण्डारी, रामेश्वर अधिकारी, किर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी तथा एसोसियट उम्मेदवार बनेका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी हाल पनि कार्यसमितिका सदस्य हुन् । र बस्तुगततर्फको उम्मेदवार भने तय गरेको छैन । गएको भदौमै हुनुपर्ने चुनाव कोरोनाका कारण पछि धकेलिएको हो । नारायण कोइरालाले टिमसहित उम्मेदवारी घोषणा गरेपछि हाल उद्योगतर्फकी उपाध्यक्ष रहेकी विन्दु कोइराला सुवेदीले पनि टिमसहित नै चुनावमा होमिने सम्भावना बढेको छ । विन्दुले यसअघि नै सामाजिक सञ्जालमार्फत् अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरिसकेकी छन् । यता, संघको अघिल्लो कार्यकालमा उद्योग उपाध्यक्ष रहेका गोकर्ण कार्कीले पनि पुनः उद्योग उपाध्यक्षमा नै उम्मेदवारी दिने जनाएका छन् भने यसअघि अध्यक्षको प्रत्यासी भएका धनीराम बरालले आफूलाई महासचिवको रुपमा उभ्याउने जनाएका छन् । व्यावसायिक हकहितको सुनिश्चितता ः सक्षम नेतृत्व आजको आवश्यकता भन्ने नारासहित चुनावमा आएको यो प्यानलले आफ्नो कार्यकालमा गर्ने विभिन्न प्रतिवद्धताहरु पनि सार्वजनिक गरेको छ । ११ बुँदे प्रतिवद्धतामा व्यवसायीको हकहित रक्षादेखि विकास निर्माणका काममा साझेदारीलगायतका विषय रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->