बागलुङ, १४ पुस– जिल्ला सहकारी संघ लि. बागलुङको १२ औं वार्षिक साधारणसभा सोमबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले उद्घाटन गरे ।
साधारणसभामा सहभागीहरुले सहकारीहरुले मुनाफाभन्दा सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि योजना निर्माण गरेर काम गर्नुपर्नेमा जोड दिए । बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारीहरु संस्थागत रुपमा मुनाफा आर्जनमा केन्द्रीत भएकाले सहकारीले आफ्नो मर्म र भावना अनुसार काम गर्न नसकेको सहभागिको भनाई थियो ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला सहकारी संघ बागलुङका सल्लाहाकार तोयानाथ गौतम, बहुउदेश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा कुवरले शुभकामना मान्तव्य राखे ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सचिव तेजेन्द्र थापाले प्रगती प्रतिवेदन, कोषाध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु)ले आर्थिक प्रतिवेदन र लेखा संयोजक रुद्रबहादुर केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।
आर्थिक वर्ष ०७६÷०७७ को अन्त्यसम्ममा संघमा ११ लाख ३६ हजार शेयर पूँजी, ३५ लाख ८२ हजार ८१ रुपैया निक्षेप, ४१ लाख ५० हजार कर्जा लगानीसहित संस्थाको कुल वासलात ५७ लाख ९१ हजार ६६ रुपैया रहेको छ ।





