मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

नव किरणको नवौं साधारणसभा

नव किरणको नवौं साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

बागलुङ, १५ पुस– नवकिरण बचत तथा ऋण सहकारी संस्थाको नबौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सहकारीलाई एकीकरण प्रकृयामा लैजाने निर्णय गरेको अध्यक्ष चिरन्जिवी गौतमले बताए । उनले केही सहकारीसँग छलफल चलेको पनि जानकारी गराए । नेपाल सरकारले एकै प्रकृतिका सहकारीमा दोहोरो सदस्यता नराख्ने नीति बनाएपछि यो प्रकृया थालेको हो । सहकारीले अध्ययन र मर्जकालागि वार्ता समिति समेत बनाइसकेको बताइएको छ ।
साधारणसभामा सचिव नवराज शर्माले प्रगती प्रतिवेदन र कोषाध्यक्ष बिष्णुप्रसाद चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा हाल १ सय ८६ सदस्य रहेका छन् । सहकारीले गत असार मसान्त सम्म ९६ लाख ८९ हजार शेयर पूजि पु¥याएको छ । संस्थामा ४ करोड ७६ लाख, ११ हजार रुपैयाँ बचत संकलन, दुइ कराड २१ लाख ४२ हजार ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->