बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलजलामा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

जलजलामा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

बागलुङ, १५ पुस– पर्वतको जलजला गाउँपालिका–९ बनौंमा बुधबार पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पिकअप भ्यानका चालक र सहचालक घाईते भएका छन् । बुधबार ग२च ६३७९ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा जलजला–९ बनौं की २३ बर्षिय कौशिला गर्वुजाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा जलजला–८ लुप्राङका चालक पुरुषोत्तम चापागार्इँ र सहचालक थमन पुन गर्वुजा रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । घाईतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैराखेको जलजला– ९ का अध्यक्ष गौ बहादुर पुनले बताए । दुर्घटनामा घाईते भएकी गर्वुजालाई उपचारको लागि पर्वत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अस्पतालले भने उनको मृत्युको पुष्टि गरेको छैन् । ‘मृत्यु भएको भन्ने खवर आएको छ तर डाक्टरसाव बोल्नुभएको छैन्’ प्रनाउ अधिकारीले भने । दुर्घटनामा परेको पिकअप भ्यान बनौंबाट चित्रे जादैँ थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको घाईते चालकले बताएका छन् । भ्यान उकालोमा पछाडी सरेर भिरमा झन्डै २५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->