बागलुङ, १६ पुस– यहाँका दुई बहुउद्देश्यीय सहकारीले एकिकरणको घोषणा गरेका छन् । बागलुङ नगरपालिका–२ मा रहेको साझेदारी बहुउदेश्यीय सहकारी संस्था र कल्लाणकारी बहुउदेश्यीय सहकारी संस्थाले बिहिबार एकिकरणको घोषणा गरेका हुन् ।
उनीहरुबीच एकिकरण सहमति पत्रमा हस्तारक्षर भएको छ । दोहोरो सदस्यताको अन्त्य र पूँजी एकिकृत गर्नका लागि एकिकरण थालिएको साझेदारी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद गौतमले बताए । एकिकरण पश्चात सझोदारी बहुउदेश्यीय सहकारी संस्थाको नामबाट संस्था संचालन हुनेछ ।
एकिकरणको लागि साझेदारी–कल्लाणकारी एकिकरण कार्यदल बनाईएको छ । साझेदारी बहुउदेश्यीय सहकारीमा ९ सय ५४ शेयर सदस्यसहित ३ करोड १४ लाख शेयर पूंजी तथा कल्यााणकारी बहुउदेश्यीय सहकारी संस्थामा ५ सय ३८ जना शेयर सदस्यसहित १ करोड ११ लाख शेयर पुँजी रहेको छ । दुई सहकारी एकिरण पश्चात शेयर पूँजी ४ करोड २५ लाख हुनेछ ।
‘साझेदारीलाई जिल्लाको नमुना र विश्वसनिय सहकारीको रुपमा स्थापित गर्न लागिपरेका छौ’ कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी आचार्यले भने । साझेदारी बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको १३ औँ वार्षिक साधारणसभा बुधबारदेखि सुरु भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै साझेदारीले क्षेत्रगत रुपमा साधारणसभा आयोजना गरेको हो ।
बुधबार बलेवा क्षेत्रमा क्षेत्रगत भेला आयोजना गरेको सहकारीले बिहिबारबाट बागलुङ नगरपालिकाका १ देखी ११ सम्मका लागि दोस्रो चरणको भेला आयोजना गरेको संस्थाका प्रवन्धक त्रिलोचन रिजालले जानकारी दिए ।





