मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बरिष्ठ उपाध्यक्ष ढकाल गृह जिल्लामा सम्मानित

बरिष्ठ उपाध्यक्ष ढकाल गृह जिल्लामा सम्मानित


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७७, शुक्रबार

बागलुङ, १७ पुस– नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । शुक्रबार बिद्यामन्दिर माध्यमिक विद्यालय बागलुङले एक कार्यक्रमको आयोजना गरी ढकाललाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै चन्द्र प्रसाद ढकालले विद्यामन्दिर विद्यालयको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनलाई विद्यालयका पूर्व बिद्यार्थी तथा पूर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठले सम्मान गरेका थिए । ढकालले सामुदायिक विद्यालयको सुधारका लागि आफूले धेरै स्थानमा सहयो गरेको बताए ।
बागलुङमा जन्मेर नीजि क्षेत्रको नेतृत्वदायी भूमिकामा पुग्नु सामान्य कुरा नभएको भन्दै विद्यालयलाई निरन्तर सहयोग तथा सद्भाव राख्ने ढकाललाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->