मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा

बागलुङ उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७७, शनिबार

बागलुङ, १८ पुस– बागलुङ उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्व प्रधान्यायाधिस कल्याण श्रेष्ठले नेपालको अर्थव्यवस्था दिगो उपभोक्ता प्रणालीमा जानुपर्ने बताए ।
अहिले नेपालको अर्थव्यवस्था ९० प्रतिशत परनिर्भर भएको भन्दै स्थानीय उत्पादन बढाउने र खपत गर्ने पद्दतीमा जानुपर्ने धारणा राखे । उनले बिदेशी बस्तु आयात गर्ने र नेपाली उत्पादनलाई बजार बिहिन बनाउने कामले देशको अर्थव्यवस्था तहसनहस भएको बताए ।
हालै निर्वाचित नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहको सरकारबाट व्यवसायीलाई करमाथी कर थुपारेको आरोप लगाए । उनले कर बढाउने भन्दा धेरै भन्दा धेरै उद्योग र व्यवसाय खोल्ने अवसर चाहिएको बताए ।
शनिबार आयोजित साधारणसभामा बागलुङ उद्योग बाणिज्य संघले ढकाललाई सम्मान समेत गरेको थियो । संघले हालै निर्वाचित नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिका कार्यकारिणी पदाधिकारी र सदस्यलाई पनि सम्मान गरेको थियो ।
साधारणसभामा उत्कृष्ट व्यपारीको रुपमा बागलुङका ५ व्यवसायी पुरस्कृत भएका थिए । उक्त अबसरमा बिनायक बस्त्रालयका पवनकुमार श्रेष्ठ, मनसुन दालमोठका यमप्रसाद कंडेल, कंडेल सप्लायर्सका डिलप्रसाद कंडेल, खड्का एग्रोका अगनबहादुर खड्का र प्रशान्ती किराना पसलका प्रताप कंडेल पुरस्कृत भएका हुन् ।
गत बर्ष स्थापित आर्थिक खोज मूलक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई पुरस्कृत गरिएको थियो । २ लाख २२ हजार २ सय २२ रुपैयाँको कोषबाट ११ हजार १ सय ११ रुपैयाँ बाट पुरस्कृत गरिएको संघका महासचिव नरेश कंडेलले बताए ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज भण्डारीको अध्यक्षता, महासचिव नरेश कंडेलको संचालन र बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबूको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पसका सहायक प्रमुख धु्रबराज गौतम, नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश अध्यक्ष संजीवबहादुर कोइराला, राजनीतिक दलहरुको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष चित्रबहादुर सापकोटा, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, व्यवसायी पुष्पमान श्रेष्ठ, श्याम श्रेष्ठ, बसन्तकुमार श्रेष्ठ, भगवती केसी र पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->