बागलुङ, १९ पुस– बागलुङ बहुउद्धेश्यी सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभाले नयाँ कार्यसमितिको चयन समेत गरेको छ । समितिमा हालका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीको अध्यक्षतामा कार्यरत समितिको सबै पदाधिकारी र अधिकांस सदस्य यथाबत रहेका छन् ।
साधारणसभामा कोषाध्यक्ष राजेन्द्रप्रसाद शाक्यले ६ करोड ८९ लाख ८२ हजार रुपैयाँको आर्थिक प्रतिवेदन पेश गरेका थिए । उनका अनुसार, गत आर्थिक बर्षको अन्त्य सम्ममा १ करोड ९ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।
गत वर्षसम्म ५ करोड ७१ लाख ९७ हजार शेयर पूँजि रहेकोमा पछिल्लो वर्ष ३६ लाख ४७ हजार शेयर पूँजि थप भएको थियो । सहकारीले अहिलेसम्म ५० लाख ऋण लगानी गरेको छ । त्यस्तै ३२ करोड ऋण असुलीपनि गरिसकेको छ । सकारीले राष्ट्रिय सहकारी बैंकमा १ करोड ६६ लाख ६० हजार शेयर लगानी गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका सचिव योगनाथ कंडेलका अनुसार सहकारीले व्यवसायिक कृषि कर्जा प्रवाहलाई प्राथमिकतामा राखेको छ । त्यस्तै सामाजिक सुरक्षा र समुदायिको दायित्व पुरा गर्ने काममा लगानी गरेको छ ।
सहकारीहरुबीचको अन्तरक्रिया, स्थापना दिवश नियमित मनाउने, उत्कृष्ठ कर्मचारी पुरस्कार, छात्रवृत्ती र आफ्नै सुपथ मूल्य पसल संचालन गरेर शेयर सदस्यमुखी काम गरेको कंडेलले बताए ।
सकारीले ६५ बर्ष पुगेका शेयर सस्यलाई मासिक २ हजार पेन्सन दिने, नेपाल सरकारले ल्याएका सबै नीतिको पालना गर्ने, बहुउद्धेश्यीय कार्यक्षेत्र अनुसार नयाँ क्षेत्रको खोजी गर्ने लगायतको नीति लिएको उनले जानकारी दिए ।
अध्यक्ष अशोक गोबिन्द राजभण्डारीको अध्यक्षता, सचिव योगनाथ कंडेलको संचालन र उपाध्यक्ष दुर्गादत्त शर्मा कंडेलको स्वागतमा साधारणसभा सम्पन्न भएको थियो ।





