बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोउवा संघको वरिष्ठ उपाध्यक्षमा पवन निर्विरोध

पोउवा संघको वरिष्ठ उपाध्यक्षमा पवन निर्विरोध

कर्पोरेटमा हर्क र हरिहर तथा औद्योगिक सदस्यमा हीरामणि निर्विरोध ।


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७७, बुधबार


पोखरा, २२ पुस– पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति चयन भएका छन् । संघको ३३ औं महाधिवेशनअन्तर्गत पुस २५ गते हुने निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षमा प्रजापतिको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको निर्वाचन संयोजक तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । उनी हाल संघको वाणिज्य उपाध्यक्ष रहेका छन् । हालका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला र उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदी छुट्टाछुट्टै प्याननसहित अध्यक्षमा प्रतिष्पर्धा गरिरहँदा प्रजापतिले नारायणको प्यानलबाट उम्मेदवारी दिएका थिए ।
यसैगरि संघको कर्पोरेट सदस्यमा हर्कबहादुर अधिकारी र हरिहर सापकोटा पनि निर्विरोध भएका छन् । कर्पोरेट सदस्यमा दुईजनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । संघको औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित निर्विरोध भएका छन् । औद्योगिकबाट एकजना सदस्य रहने प्रावधान अनुसार हीरामणि निर्विरोध भएका हुन् । बाँकी पदमा भने प्रतिष्पर्धा हुने भएको छ ।
संघको अध्यक्षमा नारायण कोइराला र विन्दु कोइराला सुवेदी, उद्योग उपाध्यक्षमा गोकर्ण कार्की र चिनुकुमारी गुरुङ तथा वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल र सोवित पौडेलबीच प्रतिष्पर्धा हुँदैछ । गोकर्ण यसअघि संघको उद्योग उपाध्यक्ष भइसकेका व्यक्ति हुन् भने चिनुकुमारी गुरुङ हाल संघको उपमहासचिव रहेकी छन् । अर्जुन हाल संघको महासचिव र सोवित कार्यसमिति सदस्य हुन् ।
यता संघको महासचिवमा धनीराम बराल र सुरेन्द्रमान विजुक्छेबीच प्रतिष्पर्धा हुँदैछ । धनीराम यसअघि अध्यक्षमा पराजीत भएका थिए भने सुरेन्द्रमान हाल संघको कोषाध्यक्ष रहेका छन् । कोषाध्यक्ष पदमा संघका हाल कार्यसमिति सदस्य रहेका बलराम आचार्य र तारानाथ ढुंगानबीच प्रतिष्पर्धा हुँदैछ । उपमहासचिवमा संघका हाल कार्यसमिति सदस्य रहेका केशवबहादुर खत्री र गृहलक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।
१० जना साधारण सदस्यको लागि उत्तममान बुद्दाचार्य, उत्तमसेवक कार्की,ऋषिराम शर्मा, किर्तिवल्लभ त्रिपाठी,कुमारी मुना बास्तोला,दीनेशचन्द्र बास्तोला, देवेन्द्र केसी,पवित्रादेवी गुरुङ,भरत केसी, रामप्रसाद गौतम,रामेश्वर अधिकारी, विनोद केसी,शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानाङ्ग र हरिराज गौतमबीच प्रतिष्पर्धा हुँदैछ । चारजना बस्तुगत सदस्यको लागि उदयबहादुर केसी,उमापति ढकाल,कृष्णप्रसाद तिवारी,बलराम तिमिल्सिना,बालकृण कोइराला, राजन गोंगजु,रामबहादुर केसी र नारायण कोइरालाबीच प्रतिष्पर्धा हुने भएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->