पोखरा, २३ पुस– चर्चित नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको नयाँ सोरुम पृथ्वीचोकमा संचालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त स्वरुम संचालनमा ल्याएका हुन् । दुई वर्षअघि सिदार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको सोरुम पृथ्वीचोकबाट सारिएको हो । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना भएको पत्रकार सम्मलेनमा सोरुम आउँदो आइतबार उद्घाटन हुने जानकारी दिइयो । उदघाटनमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा राउत आउने कार्यक्रम तय भएको छ ।गोल्डस्टारका बजार प्रतिनिधि विनोद अधिकारीले सन् १९७० मा स्थापित गोल्डस्टारको ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको उल्लेख गरे । ३ सय ५० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने अधिकारीले जानकारी गराए ।





